जनकपुरधाम : जनकपुरधाममा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाउन लागिएको सडक निर्माणको काम रोक्न उपमहानगरपालिकाले दिएको निर्देशन विपरित कामलाई निरन्तरता दिइएको छ ।

एक व्यक्तिले आफ्ना लागि सार्वजनिक जग्गा अतिक्रमण गरी नालासहितको बाटो निर्माण गर्न थाल्दा स्थानीयले बिरोध गरेपछि उपमहानगरपालिकाले काम रोक्का गर्न आदेश दिएको छ ।

gaja_atikraman_nepalvani_janakpurdham_surendra_singh1-2

उपमहानगरपालिकाको वडा नम्बर ९ स्थित डेली टोलमा रामजानकी मन्दिरको जग्गा अतिक्रमण गरी सडक बनाउन थालेको स्थानीयले बताएपछि प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायले काम रोक्का गर्न वडालाई पत्राचार गरेको छ ।

‘वडावासी विनोद कुमार साह लगायत १७ जनाले यस कार्यालयमा पेश गरेको निवेदन अनुसार “वडा नं ९ को डेली टोलमा वडा कार्यालपदेखी दक्षिण सिट नं. १३१५÷२४, कि.नं. ४९ र ५० को लगभग ५ धुर जग्गा सार्वजनिक रहेको र उक्त जग्गा अतिक्रमण गरी नाला र सडक निर्माण कार्य गरिरहेकोले उक्त अतिक्रमण कार्य अविलम्ब रोक्का गरी सार्वजनिक जग्गा संरक्षण गरि पाउँ भनी पेश गरेको निवेदनमा उक्त सार्वजनिक जग्गामा निर्माण कार्य नगर्न÷नगराउनु हुन जानकारी गराइन्छ’ उपाध्यायले वडालाई पठाएको पमा उल्लेख छ ।

gaja_atikraman_nepalvani_janakpurdham_surendra_singh1-2

उक्त सार्वजनिक जग्गामा निर्माण कार्य भए÷गरेमा कार्यालय भुक्तानी गर्न बाध्य नहुने चेतावनी समेत दिइएको छ । यस्तो चेतावनीपछि पनि रामबाबु साहले आफ्नै अगुवाईमा सडक निर्माणलाई निरन्तरता दिएका छन् । साहको आफ्नो बाटो बनाउन वडा कार्यालयले उनलाई बजेट दिएको स्थानीय बताउँछन् ।

gaja_atikraman_nepalvani_janakpurdham_surendra_singh1-2

स्थानीय बृद्ध हरिनारायण साहले रामबाबुले बर्षाैदेखि इनारसहित रहेको जानकी मन्दिरको जग्गा अतिक्रमण गरी बाटो बनाउन लागिपरेको बताए । अर्का स्थानीय हेमशंकर यादवले वडा अध्यक्ष परमेश्वर साहले रामबाबुको व्यक्तिगत बाटो बनाउनका लागि बजेट दिएर सहयोग गरिरहेको बताए ।

यस सम्बन्धमा वडा अध्यक्ष साहसँग सम्पर्क गर्न खोज्दा हुन सकेन् ।

 

२०७९ असार २५, शनिबार २१:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय