काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आजबाट शुरु हुँदै छ।

राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने बोर्डले जनाएको छ।

ग्रेड वृद्धि परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।

आज अनिवार्य अंग्रेजी, एक विषयमा परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने बोर्डले जनाएको छ।

गत साउन ११ गते एसइईको नतिजा सार्वजनिक भएको थियो।

२०७९ भाद्र ११, शनिबार ०९:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय