
नेपालवाणी / जनकपुरधाम, भदौं ।
मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन् ।
शनिवार झाले मुख्यमन्त्री लालबाबू राउतलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिएका हुन् ।
झा महोत्तरी क्षेत्र नं। ३ बाट जनता समाजवादी पार्टीबाट उम्मेदवार बन्ने लागेका हुन् ।
यस क्षेत्रबाट २०७४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए ।
नेपालको संविधानको धारा १६० (२) बमोजिम झा मधेस प्रदेशको मुख्यन्यायाधिवक्ताको पदमा २०७४ फागुन ७ गते नियुक्ति पाएर काम कारवाही गर्दै आएका थिए ।
नेपालको संविधानको धारा १६० को उपधारा ४ को खण्ड (क) बमोजिम उनले पदबाट राजिनामा दिएको बताए ।
२०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नं. ३ बाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए ।