काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जबरजस्तीकरणी कसुरमा जाहेरी परेको भन्दै क्यानले निलम्बन गरेको हो।

‘नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेउपर जबरजस्ती करणी कसुरमा मिति २०७९ भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निजउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यासम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछनेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ,’ कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले समेत सन्दीपको घटनाबारे चासो देखाएको छ। आईसीसीका शीर्ष अधिकारीले नै बारम्बार सन्दीपविरुद्धको उजुरीबारे चासो लिएको मल्लले बताए।

सम्बन्धित समाचार

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, विमानस्थलबाटै पक्राउ गर्छौं : प्रहरी

क्यानलाई सन्दीपको आग्रह : कानुनी उपचारका लागि सहयोग गर्नुस्

सन्दिप र पीडितको मात्रै एक महिनाको चिनजान, पहिलो भेटमै बलात्कार !

सन्दिप र पीडित बालिका सिनामंगलको होटल भित्र पसेको फुटेजमा देखियो

क्यानले सन्दीपलाई तत्काल कुनै कारबाही नगर्ने

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी

२०७९ भाद्र २३, बिहीबार २१:३३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय