काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरीले जनाएको छ।

लामिछानेउपर प्रहरी वृत्त गौशालामा गत मंगलबार जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको छ। ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा निज सन्दिप लामिछानेउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानरीक्षक (एआइजी) रविन्द्र धानुकले काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गर्दै लामिछानेलाई पक्राउ गरिने बताए। ‘सीपीएल प्रतियोगिताका लागि वेस्ट इन्डिजमा रहेका सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ पर्नेछन्। प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया त्यसपछि सुरु गर्नेछ,’ उनले भने।

सम्बन्धित समाचार

क्यानलाई सन्दीपको आग्रह : कानुनी उपचारका लागि सहयोग गर्नुस्

सन्दिप र पीडितको मात्रै एक महिनाको चिनजान, पहिलो भेटमै बलात्कार !

सन्दिप र पीडित बालिका सिनामंगलको होटल भित्र पसेको फुटेजमा देखियो

क्यानले सन्दीपलाई तत्काल कुनै कारबाही नगर्ने

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी

२०७९ भाद्र २३, बिहीबार २०:११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय