काठमाडाैं: श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको समूह चरणमा नेपालले जित हासिल गरेकाे छ।
शुक्रबार भएको खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्दै जित हासिल गरेकाे हाे।
सुरुमा गोल खाए पनि पछि तीन गोल गरेको थियो। जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्यो। नेपाल र भारतले भुटानलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा स्थान बनाएका थिए।
नेपालसँग पराजित भएको भारत भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्यो।
भारतका लागि खेलको १७ मिनेटमा ड्यानी लैस्रमले गोल गरेका थिए। नेपालका लागि सरोज दर्लामीले ४५ मिनेटमा बराबरी गोल फर्काए। ४९ मिनेटमा उनेश बुढाथोकीले नेपालका लागि दोस्रो गोल गरे।
यस्तै खेलको ६८ मिनेटमा सुवास बमले उत्कृष्ट फिनिसिङ गर्दा नेपालले अग्रता ३-१ मा पुर्यायो।
अब नेपालले सेमिफाइनलमा सोमबार श्रीलंका वा माल्दिभ्स मध्ये एक टिमसँग खेल्नेछ।


