मा शंकर अरगरिया / फाईल फोटो

बिरेन्द्र रमण,

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक उमा शंकर अरगरियाले नेकपा (एमाले) प्रवेश गर्ने तयारी गरेका छन्।

बाहिर मधेशवाद भने पनि लोसपाभित्र परिवारवाद हाबी भएकाले पार्टी परित्याग गर्ने अवस्थामा पुगेको अगरियाले बताए। संचारकर्मीसँग उनले भने‚ “हो पार्टी परित्याग गर्दैछु, लोसपा निर्माण भएपछि यसलाई गति लिनमा समस्या देखिएको छ। पार्टीभित्र सरसल्लाह र पार्टीलाई गतिशील बनाउन समस्या भएपछि यसमा बस्नुको औचित्य छैन।”

पार्टी परित्याग गर्ने अवस्थामा पुगे पनि अध्यक्ष महन्थ ठाकुरसँग कुने गुनासो नरहेको उनको भनाइ छ। ठाकुर सन्त नेता भएको तर तर पार्टीमा केही गलत तत्त्वहरु हाबी भएको अगरियाको जिकिर छ।

अगरियाले असोज ३ गते राजीनामा दिएर ८ गते एमाले प्रवेश गर्ने तयारी रहेको जनाइएको छ। धनुषा निर्वाचन क्षेत्र नम्बर २ को तीनकौरिया चोकमा असोज ८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा बृहत् कार्यक्रममा हुने र अगरिया त्यही समय एमाले प्रवेश गर्ने जनाइएको छ।

धनुषा क्षेत्र नम्बर २ बाट तत्कालीन संघीय समाजवादी पार्टी (जसपा)बाट निर्वाचित अरगरिया जसपा विभाजन हुँदा लोसपातिर लागेका थिए। उनी ओली नेतृत्वको सरकारमा १८ दिन संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए।

२०७९ भाद्र ३०, बिहीबार ०८:४३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय