जनकपुरधाम । आफ्नो जग्गा किर्ते गरी नामसारी गराएको भन्दै पूर्व प्रधानमन्त्री सूर्यवहादुर थापाका ज्वाईका भाई देशपाल सिंह हमालले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् ।

जनकपुरधाम उप-महानगरपालिका-२ जनक चोक स्थित रहेका पूर्व प्रधानमन्त्री सूर्यवहादुर थापाको छोरीको जग्गा प्रकाश राणाले वदनियत पूणर् तरिकाले सरकारी कागजात किर्ते गरी कव्जा गरेका छन् ।

पूर्व प्रम थापाका ज्वाई राजपाल सिंह हमालका भाई देशपाल सिंह हमालले जनकपुरधाम उप-महानगरपालिकामा जनक चोक स्थित रहेको जग्गा तत्कालिन नगर पञ्चायतका वडा नं. २ का जग्गा किर्ते गरी प्रकाशले कव्जा गरेको दावी गरेका छन् ।

उनले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको जाहेरीमा भनिएको छ-‘तत्कालिन जनकपुर नगरपंचायत वडा नं. २ साविक किता नम्बर २६५ को किता नम्वर २६६ देखी पूर्व दक्षिण निज से पश्चिम सडक देखि उत्तरको ०-२-१४ र सोही सोही किता नम्वर २६६ को सडक देखी उत्तर उनी देखि दक्षिण २६५ नम्वर देखि पश्चिम ०-६-६ मध्ये पूर्व तर्फवाट ०-०-१० समेत जम्मा ०-३-४-० जग्गा र तत्पश्चात अन्य केही जग्गा समेत वकसपत्र गरी दिनु भएको थियो । सोही जग्गा मध्येका केही जग्गा म जाहेरीवालाको ठूली आमा सीतारानी शाहलाई र केही जग्गा विपक्षी प्रकाशजंग राणाका वुवा डम्बरजंग राणालाई वकसपत्र गरिदिनु भएको सवै जग्गा किता नम्बर १०० मा ०-१२-१८-२ क्षेत्रफल भई कायम नापी भयो ।

पछि किता नम्वर १०० वाट किताकाट भई किता नम्वर १६९ ज्योतीजंग राणा र प्रकाशजंग राणा किता नम्वर १७० म जाहेरीवालाको आमा गीता रानी हमालको १७१ र १७२ रानी पदमकुमारी राणाकै नाममा वाकी रही किताकाट भयो ।

यसरी आमाको वकसपत्रवाट प्राप्त गरेको र नापीमा आमाको नाम जनिएको उक्त किता नम्वर १७० को जग्गा वुवा आमाको स्वर्गीय भएको कारणले म जाहेरवालाको हक हुन आई आफ्नो नाममा दर्ता गराउने प्रयोजनकोलागि जनकपुर आई मालपोत कार्यालय धनुषा र नापी कार्यालय धनुषामा बुझ्दा किता नम्वर १७० किताकाट भई २७५ र २७६ कायम भएको र किता नम्वर २७५ समेत किताकाट भई किता नम्वर २७८ को ०-०-७ जग्गा संगीता कुामरी ठाकुर र २७९ को ०-०-७-३ जग्गा संगीता राणाको नाममा दर्ता रहेको तथ्य नापी कार्यालयवाट प्लट वुक रजिष्टरको नक्कल लिदा थाहा पाए ।’
यहाँ प्रकाशराणाले सो जग्गा आफ्नो रहेको दावी गर्दै नापी र मालपोत दुवै कार्यालयलाई ढाटेका छन् ।

प्रकाशका वुवा डम्बर जंग राणा गीता देवी हमालका मुन्सिफ रहेको उनका छोरा देश पालले दावी गरेका छन् । उनले गरेको सेवा अनुसार उनलाई केही जग्गा बसोबास गर्नकालागि दिइएको देशपालको दावी छ । तर, गीतारानी जनकपुर छाडेर काठमाण्डु बस्न थालेपछि सो जग्गाको रेखदेख र त्यस जग्गामा बनेको घर भाडा असुल गर्ने काम समेत प्रकाशलाई दिइएको थियो । बढी समय उनीहरु काठमाण्डु र देश बाहिर बस्ने मौका छोपी प्रकाशले सो जग्गामा दावी गरी मालपोत र नापी कार्यालयलाई झुक्याए ।

तर, देशपालले आफ्नो जग्गामा दावी गरेपछि र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि नापीले सो जग्गा गीतारानीको नाममा रहेको र मालपोत कार्यालय धनुषाले अहिले सो जग्गा कसैको नाममा नदेखाएको भनेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले २०७९ भदौ २६ गते भूमी सुधार तथा मालपोत कार्यालय र नापी कार्यालय धनुषालाई सो जग्गाको वस्तुस्थितिबारे जानकारी गराउन आदेश गरेका थिए ।

जवाफमा नापी कार्यालयले २०७९ भदौ २७ गते दिएको जवाफमा भनिएको छ-‘जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका-२ सिट नम्वर १३५५-२५ किता नम्वर २७६ क्षेत्रफल ०-२-५-३ जग्गा हाल नापी कार्यालयको प्लटमा गीतारानी हमालका नाममा कायम देखिन्छ र उक्त किता नम्वर २७६ वाट किताकाट नभएको नामसारी प्रक्रिया व्यक्तिको नाममा परिवर्तन नापी कार्यालयवाट नभई भूमिसुधार तथा मालपोत कार्यालय धनुषावाट हुने प्रक्रिया हो । र उक्त किता नम्वर २७६ को जग्गा प्लट रजिष्टर उतारको प्रमाणित प्रतिलिपी पठाइएको छ ।’
त्यस्तै मालपोत कार्यालय धनुषाले पनि जिल्ला प्रहरी कार्यालयलाई सोही भदौ २७ गते जवाफ फर्काएका छन् ।

मालपोतले फर्काएको जवाफमा भनिएको छ-‘जनकपुरधाम उप-महानगरपालिका-२ किता नम्वर १३५५-२५ को किता नम्वर २७६ को जग्गा यस कार्यालयको कम्प्युटर अभिलेखवाट खोजतलास गर्दा रेकर्ड फेला परेन भनी कम्प्युटर फाँटवाट लेखिआएकोले सो जग्गा कसैको नाममा फेला नपरेको छ ।’

तर, प्रकाशले २०७५ साउन २७ को लालपूर्जा बनाई नापी गुठी रसिद समेत लिएका छन् । सो जग्गा आफ्नो रहेको दावी गर्दै २०७९ असाढ १७ गते नापी कार्यालयमा नाप नक्सा गर्नकालागि दिएको निवेदनमा किता नम्वर २७६ को ०-२-५-३ जग्गाधनी प्रमाणपत्र पूर्जा र २०७७पुस १५ गते गुठी संस्थानमा मालपोत तिरेको रसिद समेत पेश गरेको छ । तर, मालपोत कार्यालय धनुषाले सो लालपूर्जा आफ्नो कार्यालयवाट नबनेको दावी गरेको छ । प्रकाशले सो पूर्जा किर्ते गरी गुठी संस्थानलाई समेत ढाटेको छ ।

२०७९ भाद्र ३०, बिहीबार ११:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय