
अनिल कुमार साह / तिनकौरिया ।
नेपाल कम्युनिष्ठ पार्टीका एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वको सरकारले रे र हुलाकी राजमार्गको काम द्रुत गतिमा अगाडी बढाएको बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा आएका ओलीले जनकपुरधामबाट–महिनाथपुर सम्मको रेलको यात्रा गर्दै रेलको काम र हुलाकी राजमार्गको काम आफ्नै पालामा द्ुत गतिमा अगाडी बढाउन लागेको बताएका हुन् ।
शनिबार धनुषाको विदेह नगरपालिका स्थित तिनकौरियामा आयोजित पार्टीको बृहत जनसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले भने, ‘आज हामी ट्रेनमा बसेर आरामदायी यात्रा गर्न सकिरहेका छौं । खुसी नलाग्ने कुरै भएन । यो अत्यन्तै खुसीको कुरा हो । यो हाम्रो रेल हो, त्यसैले धेरै खुसी छु ।’ अध्यक्ष ओलीले एमाले सरकार बनेपछि मात्र यस्तो विकासका नमूनाहरुले देशमा गति लिएको दाबी गरे ।
‘हामीले हुलाकी राजमार्ग बनायौं, कोसी मरिन डाइभर्सन बनायौं,’ ओलीले भने, ‘अहिले १ लाख ८५ हजार मधेशको जमिन सिचाईंमा सदूपयोग भइरहेको छ । देशले यो सबै उपलब्धी एमालेकै सरकारको पालामा पाएको हो ।’ अध्यक्ष ओलीले सघन सहरी विकास कार्यक्रम, जनकपुर ढल विकास आयोजना लगायतका थुप्रै कार्यक्रमहरु ल्याएर देश विकासको हिसाबले देशमा टेवा पुगेको दाबी गरे ।