अनिल कुमार साह / तिनकौरिया (धनुषा)

आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दल परिवर्तन गर्ने होडबाजी चलिरहदा लोसपा संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियालाई एमालेमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गराएका हुन् ।

शनिवार धनुषाको बिदेह नगरपालिका तिनकौरियामा नेपाल कम्युनिष्ठ पार्टी एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले सचेतक अरगरिया सहित सयौंको संख्यामा कार्यकर्ताहरुलाई एमाले प्रवेश गराएको हो ।

एमाले प्रवेश गरेका अरगरिया धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन संघिय समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०७९ आश्विन ८, शनिबार १९:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय