जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाका पूर्व मेयर एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) ले गठबन्धनको नाममा झोले भएर नबस्ने चेतावनी दिएका छन् ।

धनुषा जिल्लामा पाँच दलिय गठबन्धनको सिट बाँडफाँडमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आत्मसमर्पण गर्न खोजेको भन्दै आफू नेता कार्यकर्ताहरु झोले भएर नबस्ने बताएका छन् ।

आफ्नो अधिकारिक फेसबुक प्रोफाईलमा उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा सम्मानजनक सिट लिनुपर्ने भन्दै गठबन्धनको नाममा पार्टीले आत्मसमर्पण गर्न नमिल्ने उल्लेख गरेका छन् ।

पाँच दलित गठबन्धनमा धनुषाको ४ निर्वाचन क्षेत्रहरु मध्ये २, ३ र ४ नेपाली काँग्रेस तथा क्षेत्र नम्बर १ मा मात्र माओवादीको सिट हुने भन्दै गहन छलफल चलिरहँदा उनले यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्ः “आदरणीय क। प्रचण्ड ज्यु गठबंधनको नाममा आत्मसमर्पण गर्न मिल्दैन, धनुषा क्षेत्र नम्बर २ मा सम्मानजनक सिट लिनुस । केही ब्यक्ति बिशेषको स्वार्थपुर्तिको लागि गठबंधनको नाममा प्रतिनिधि सभा , प्रदेश सभा क र ख सबै सिट छोडन मिल्दैन । यो कुरामा मन्थन होस होइन भने मङ्सिर ४ को नतिजालाई पर्ख्नुस। हेक्का रहोस गठबंधनको नाममा हामी झोले भएर बस्दैनौ।।”

२०७९ आश्विन १५, शनिबार ०९:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय