काठमाडौं : अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ। हरेक देशको स्थानीय समयअनुसार साइत निर्धारण हुने भएकाले विभिन्न देशका लागि छुट्टाछुट्टै साइत सार्वजनिक गरिएको हो।

स्थानीय पञ्चाङ्गअनुसार एउटै प्रकृतिको मुहूर्त पनि फरक समयमा हुने भएकाले स्थानीय पञ्चाङ्गबाट मात्र शुभमुहूर्त यकिन हुने भएको भन्दै भिन्न भिन्न देशका लागि त्यहाँको समयअनुसारको साइत तोकिएको हो।

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुुसार भारतका लागि बिहान १०ः४५ बजे शुभ साइत तोकेको छ भने न्युयोर्क, अमेरिकाका लागि अक्टोबर ४ तारिकका दिन बिहान ११ः११, केन्टुकी, अमेरिकामा सोही दिन बिहान ११ः५५, टेक्सासमा ११ः३५ बजे, क्यालिफोर्नियामा ११ः४५ बजे, वासिंटन डीसीमा बिहान ११ः२५ बजे टीकाका लागि उत्तम साइत रहेको छ।

त्यस्तै क्यानडाको टोरन्टोमा पनि सोही दिन बिहान ११ः३९ बजे, क्यानडाको भ्यानकुभरमा बिहान ११ः४५ बजे, स्विट्जरल्यान्डमा बिहान ९ः५५, बेलायतमा बिहान ११ः५७ बजे, पोर्चुगलको लिस्बनमा बिहान ११ः३५ बजे, फ्रान्सको पेरिसमा बिहान ११ः५५ बजे र नर्वेको ओस्लोमा टीकाको उत्तम साइत बिहान ११ः५५ बजे रहेको समितिले जनाएको छ।

Tika_dashain_nepalvani

यसैगरी टोकियो, जापानका लागि अक्टोबर ५ मा बिहान १०ः३९ बजे, न्युजिल्यान्डमा सोही दिन बिहान १०ः५७, अस्ट्रेलियाको सिड्नीमा बिहान १०ः४१, मेलबर्नमा बिहान १०ः५५ बजे, ब्रिसबेनमा बिहान ११ः०५ बजे, मलेसियाको क्वालालाम्पुरमा बिहान १०ः२५ बजे, सिंगापुरमा बिहान ११ः२७ बजे, थाइल्यान्डमा बिहान १०ः२१ बजे टीकाको उत्तम साइत रहेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हङकङमा बिहान १०ः५५, दक्षिण कोरियामा बिहान १०ः५१ बजे, साउदी अरेबियामा बिहान ९ः५५ बजे, कतारमा बिहान ८ः१५ बजे र यूएईमा सोही दिन बिहान ९ः०१ बजे इजरायलमा बिहान १०ः२७ बजे, म्यानमारमा बिहान ९ः५५ बजे टीकाको शुभ साइत रहेको जनाइएको छ।

२०७९ आश्विन १९, बुधबार ०८:०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय