नेपालवाणी / जनकपुरधाम

जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता लक्ष्मी महतोले टिकट नपाएपछि एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गरे लगत्तै एमालेका सचिव रघुबिर महासेठले टिकट दिएर महोत्तरी–१ बाट उम्मेदवार बनाएको हो । जसपाबाट उम्मेदवार बन्न अन्तिम समय सम्म तयारी गरेका महतो एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन् ।

सत्तारुढ गठबन्धबाट माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेल विरुद्ध एमाले–जसपाको गठबन्धनबाट एमालेको चुनाव चिन्हबाट लक्ष्मी महतोलाई उम्मेदवार बनाइएको हो । एमाले र जसपा गठबन्धनमा महोतरी–१ एमालेको भागमा परेपछि महतो जसपा छोडेर एमालेमा आएका हुन ।

जसपाबाट टिकट नपाएपछि महतो स्वतन्त्र उम्मेदवारी दर्ता गराउने तयारी गरेका थिए । शनिबार बिहान एमालेका सचिव रघुवीर महासेठसँगको भेटघाटपछि महतो एमालेको टिकट लिएर उम्मेदवारी दर्ता गराउन महोत्तरी पुगेका छन् । यस अघि ०७४ को निर्वाचनमा जसपाबाटै महतो प्रतिनिधि सभाका उम्मेदवार थिए । उनी पराजित भएका थिए ।

गत चुनावमा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेल निर्वाचित भएका थिए । पोखरेल ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हुन् । मओवादी केन्द्रका पोखरेल संविधान सभाको निर्वाचन २०६४, २०७० र प्रतिनिध सभा निर्वाचन २०७४ गरी तीन पटक महोत्तरी– १ बाटै निर्वाचित भएका हुन् ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित पोखरेल २३७७६ मत प्राप्त गरेका थिए भने महतोले १९,४९२ मत ल्याएर पराजए व्यहोनर््परेको थियो ।

२०७९ आश्विन २३, आईतवार १२:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय