जनकपुरधाम : मिथिला क्षेत्रका चर्चित हास्य कलाकार कृष्णकुमार महतोले धनुषा क्षेत्र नं. ४ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

छोटो समयमै कलाकारिता क्षेत्रमा अब्बल अभिनयबाट चर्चा बटुलेका उनले धनुषा क्षेत्र नं. ४ को विकासको लागि उम्मेदवारी दिएको बताए ।

बर्तमान राजनीति दल तथा तिनका नेताहरु राजनीतिलाई फोहरी खेल र धन्दा बनाएको भन्दै उनले सो विकृति विरुद्ध आफ्नो उम्मेदवारी रहेको तर्क गरे । उनी बटेश्वर गाउँपालिका वडा नं. १ लक्ष्मीनिबास चित्रपुरका बासिन्दा हुन् ।

अप्पन टेलिभिजनको रोचकघोचक कार्यक्रमबाट चर्चित भएका उनले फिल्म, एल्बममा अभिनय गरेर चर्चा बटुलेका छन् भने थुप्रे नाटक खेलेका छन् ।

krishna mahato2

२०७९ आश्विन २३, आईतवार १९:०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय