काठमाडौँ : इंग्लिस प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ।

गए राति घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोल अन्तरले हराएर शीर्ष स्थानमा उक्लिएको हो।

आर्सनललाई जित दिलाउन बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेलीले एक गोल गर्दा लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले एक–एक गोल गरेका थिए।

आर्सनलले ९ खेलबाट २४ अंक जोडेको छ भने १० अंक जोडेको लिभरपुल १०औँ स्थानमै छ ।

२०७९ आश्विन २४, सोमबार ०९:००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय