
बर्दिबास : महोत्तरीको बर्दिबास नगरक्षेत्रका प्राविधिक शिक्षालयमा पठनपाठन गर्ने छात्रछात्रालाई छात्रवृति रकम प्रदान गरिएको छ । गरिब तथा मेधावी छात्रछात्रालाई प्राविधिक शिक्षाको डिप्लोमा (स्नातक) तहको अध्ययनका लागि पद्म शमशेर स्मृति प्रतिष्ठान बर्दिबासले आज शनिबार एक समारोहबीच पूणर् छात्रवृतिको रकम प्रदान गरेको हो ।
प्रतिष्ठानले बर्दिबास-१ महोत्तरीले नगरक्षेत्रका बिभिन्न शिक्षालयमा अध्ययन गर्न छ जना गरिब तथा मेधावी छात्रछात्रालाई पूणर् छात्रवृति प्रदान गरेपछि अब आर्थिक अभावले आफ्नो अध्ययन नरोकिने छात्रछात्राको भनाइ छ ।
“मेरो अब अघिल्लो शिक्षाका लागि पढ्ने सावगास थिएन” बर्दिबास-१० खयरमाराकी जसोधाकुमारी मण्डलले भन्नुभयो, “मेरो लागि छात्रवृति अब वरदान भएको छ, म मेहेनतसाथ पढेर राम्रो होटल व्यवस्थापन विज्ञ बन्नेछु ।” अत्यन्त गरिब परिवारकी मण्डलले बर्दिबास-११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा होटल म्यानेजमेन्ट विषयको डिप्लोमा तह अध्ययन थाल्नु भएको छ । प्रतिष्ठानले गत असोजमै निणर्य गरेअनुसार आज सम्बन्धित शिक्षालयका प्रमुखको उपस्थितिमा चेकबाट रकम उपलब्ध गराएको हो ।
यसैगरी खयरमाराकै अत्यन्त गरिब परिवारकी दिनिता देवकोटाले पनि सोही शिक्षालयमा रेडियोग्राफी विषयको स्नातक तहको पठनपाठन र अभ्यासका लागि प्रतिष्ठानबाट पूणर् छात्रवृति पाउनु भएको छ । “रहर हुँदाहुँदै घरको गरिबीले पढ्न पाइएलाजस्तो लागेको थिएन”देवकोटाले छात्रवृतिमा छानिएपछि खुशी व्यक्त गर्दै भन्नुभयो, “अब प्रतिष्ठानले ढुक्क बनाएको छ, दत्तचित्तसाथ पढेर राम्रो नतिजा ल्याउनेँछु ।”
प्रतिष्ठानबाट यसपालि बर्दिबास-३ की कविता चौंलागाँई र जेनिसा तामाङ्ले क्रमशः पशुविज्ञान र बालीविज्ञानमा स्नातकतहको अध्ययन गर्न प्रतिष्ठानबाट पूणर् छात्रवृति पाउनु भएको छ । चौंलागाँई र तामाङ्ले उहाँहरुले नै रोज्नुभएको प्राविधिक धारको पठनपाठन सञ्चालन गर्दै आएको जनता माध्यमिक विद्यालय बर्दिबास-३ गौरीडाँडामा अध्ययन थाल्नुभएको छ । त्यसैगरी बर्दिबास-६ का रविनकुमार साह र बर्दिबास-७ का मनिषकुमार महतोले क्रमशः सिभिल इञ्जिनियरिङ्ग र कम्प्युटरविज्ञान विषयका लागि स्नातकतहको अध्ययन गर्न पूणर् छात्रवृति पाउनुभएको छ । उहाँहरु दुबैले बर्दिबास-६ चौलिखास्थित जनहित नन्दलाल माध्यमिक विद्यालयमा अध्ययन थाल्नुभएको छ ।
“मैले पढ्ने रहरले नामाङ्कनका लागि छात्रवृतिका लागि आवेदन त भरें” सिभिल इञ्जिनियरिङ्ग विषयमा अध्ययनका लागि छात्रवृतिको घोषणा गरिनुभएका रविनकुमार साहले भावविह्वल हुँदै भन्नुभयो, “आपूmजस्ता गरिबले पढ्न पाउने कुरामा भने आश थिएन, तर मैले सिटिइभिटी (योग्यता जाँच परीक्षा उतिणर्) र प्रतिष्ठान दुबै ठाउँबाट अवसर पाएँ ।” मुख्य पक्ष पठनपाठनका लागि लाग्ने पुरै शुल्क प्रतिष्ठानले ब्यहोरीदिएपछि साह अब उच्च तहको प्राविधिक शिक्षा पढ्न पाउने कुराले दङ्ग पर्नु भएको छ ।
प्रतिष्ठानले शैक्षिक सत्र २०७७ देखि बर्दिबास नगरक्षेत्रका बासिन्दा रही यसै नगरक्षेत्रका प्राविधिक धारका विद्यालयमा पठनपाठन गर्न बर्र्सेनि १५ जना छात्रछात्रालाई छात्रवृति दिने घोषणा गरेपनि मापदण्डअनुसारका सङ्ख्या अपुग हुँदै आएको छ । प्रतिष्ठानबाट पहिलो वर्ष (२०७७) मा ११ जना र गतवर्ष (२०७८) मा नौ जनाले पूणर् छात्रवृति पाएर अध्ययन जारी राखेका छन् । यसपालि छ जनाले छात्रवृति पाउँदा संस्थाबाट लाभान्वित छात्रछात्राको सङ्ख्या २६ पुगेको छ । जसमध्ये कम्प्युटर विज्ञान विषयका दुईजनाले अध्ययन पुरा गरेका छन् ।
आज अध्ययन पुरा गरेका छात्रछात्रालाई विदाइ तथा यसपालि छनौट भएका छ जनालाई छात्रवृति प्रदान गर्न आयोजित समारोहमा अध्ययन पुरा गरेका अनिल गिरी र रक्षा सिग्देललाई प्रतिष्ठानले सम्मानपत्र प्रदान गरेको छ । सम्मानपत्र र नगद चेक कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीका प्रमुख भरतबाबु सुवेदीले प्रदान गर्नु भएको हो ।
प्रतिष्ठानका अध्यक्ष विष्णु खड्का भन्नुहुन्छ, “आर्थिक कारणले नै शिक्षाको अवसर गुमाउन नपरोस् भन्ने सोचले प्रयत्न थालिएको हो ।” बर्दिबासस्थित होटल विनायकका सञ्चालक खड्काले होटलको मुनाफाभित्रको निश्चित प्रतिशत रकम प्रतिष्ठानमा जाने नियमित व्यवस्था गरेपछि छात्रवृति सञ्चालनमा आएको हो । विगतमा आर्थिक अभावकै कारण आफ्नो पढ्ने इच्छा पुरा नभएको सम्झनाले अहिले केही सामाजिक काम गर्नसक्ने आर्थिक हैसियत भएपछि शैक्षिक अवस्था सुधारका लागि पहल थालेको प्रतिष्ठानका अध्यक्ष खड्काको भनाइ छ ।
“मैले त्यतिखेर (३० वर्षअघि) एसएलसी पास गरेपछि गरिबीकै कारण अध्ययन बढाउन सकिन” खड्काले भन्नुभयो, “अहिले मेहनतले केही खर्च गर्नसक्ने भएको छु, त्यसैले स्वर्गीय पितामाताको नाउँमा प्रतिष्ठान स्थापना गरेर छात्रवृति कोषमार्फत शैक्षिक काम थालेको हुँ ।” गरिब परिवारका जेहेन्दार छात्रछात्राको पढाइमा सहयोग पुर्याउन पाउँदा आपूm सामाजिक काममा रहेको अनुभूतिसँगै सन्तोस र आनन्द लाग्ने गरेको खड्का बताउनुहुन्छ ।
बर्दिबास नगरक्षेत्रमा शिक्षाको प्रसारमा प्रतिष्ठानको योगदानले दक्ष जनशक्ति विकासमा सहयोग पुगेको बर्दिबास नगर कार्यपालिकाको कार्यालयका शिक्षा तथा खेलकुद शाखाका प्रमुख (शाखा अधिकृत) गणेशप्रसाद दाहालको भनाइ छ ।