जनकपुरधाम : सत्तारुढ पाँच दलीय गठबन्धनले महोत्तरीको गौशालामा संयुक्त विशाली र्‍याली प्रदर्शन गरेको छ । गठबन्धन दलकाको तर्फमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट गौशालामा विशाल र्‍याली प्रदर्शन गरेको हो ।

र्‍यालीको कोणसभामा बोल्दै पूर्व मन्त्री तथा महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार गिरिराजमणि पोखरेलले संविधान, लोकतन्त्र र समावेशी, समानुपातिक, दलित अल्पसंख्यक, जनजातिको अधिकार र परिवर्तनको रक्षाका निमित्त गठबन्धनको मत दिन आवश्यक रहेको बताएका थिए । उनले भने, ‘केपी ओलीले संविधान मास्न खोज्यो, लोकतन्त्रको हत्या गर्न खोज्यो, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई मास्न खोज्यो, त्यसैले हामीले ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍यायौं ।’

उम्मेदवार पोखरेलले दुई-दुई पटक संविधान भत्काउन खोज्ने ओलीलाई सतहीमा ल्याउने मौका निर्वाचन नै भएकोले प्रतिगमन र अग्रगमण संघर्षमा देश र जनताको हितमा रहेको पाँच दलीय गठबन्धनको उम्मेदवारलाई मत दिन आग्रह गरे । ‘महोत्तरीमा गुण्डाराज्य ल्याउने की शान्ति, समृद्धि र विकासको मार्ग त्यो तपाईहरुकै हातमा छ, मंसिर ४ मा गुणडाराज रोज्ने की शान्तिमार्ग त्यसको मुल लडाई हो, तपाईहरुले जे रोज्नुहुन्छ भोलीको भविष्य त्यस्तै पाउनुहुन्छ ।’

महोत्तरी १ (ख) प्रदेशसभाका उम्मेदवार भरत प्रसाद साहले गौशालाको विकासको लागि नेपालमै पहिलो पटक रेल्वे ईन्जिनियरिङ्ग कलेजको पढाई गौशालामा हुन लागेको अधुरो कामलागि पुरा गर्नका लागि भएपनि गठबन्धनको साझा उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । उनले भने, ‘गठबन्धनको तर्फबाट म जिते मुख्यमन्त्री बन्छु, अनि विकासको मूल फुटाउँछु । पहिले गौशालाको अवस्था कस्तो थियो, अहिले कस्तो छ, र भोली यो भन्दा चारगुणा बढी विकास हुन्छ, रोजगारीको सृजना हुन्छ तर यो सबैका लागि मत दिनुपर्छ, त्यो मत सत्तागठबन्धनको उम्मेदवारलाई दिऔं, अनि मात्र हाम्रो कल्याण हुन्छ, अन्त्य फेरी संविधान मासिदैन भन्न सकिन्न । ल्याएको उपलब्धि नसकाउला भन्न सकिन्न’

कोणसभामा नेपाली काँग्रेसका संविधानसभा सदस्य सिताराम भण्डारी, काँग्रेस नेता तथा केन्द्रिय सदस्य कल्याण गुरुण, बसन्त गरुङ्ग, चिरञ्जिवी हमाल, रेखा यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता देवनारायण महतो, नेकपा एकिकृत समाजवादीका नेता सहितकाले मन्त्वय राखेका थिए ।


२०७९ कार्तिक २५, शुक्रबार १८:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय