मधेश आन्दोलन देखि वातावरण संरक्षण जलवायु परिवर्तनको असरबारे सुनाउँदै सक्रिय राजनीतिमा उदाएका पिताम्बर महतो प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । मधेश प्रदेश कृषिको अपार सम्भावना हुँदाहुँदै अन्यत्र देशबाट अन्न ल्याउनुपरेको विषयगत अवस्थालाई सुधार गरी आफ्नै जलजमिनबाट अन्न उत्पादन गरेर धान्न सक्ने अपार सम्भावनालाई व्यवहारमा परिवर्नन ल्याउने उनको चाहना छ । संघीयता र लोकतन्त्र बिना जनताको हक अधिकार स्थापित हुने नसक्ने विचारधारका महतो महोत्तरी क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्यका लागि निर्वाचनमा होमिएका छन् । निर्वाचन, राजनीतिसंग र वर्तमान अवस्थामा केन्द्रित रही महतोसंग अन्नपूणर्कर्मी गोविन्द महतोले गरेको कुराकानीको सारसंक्षेप :

चुनावी तयारी कस्तो चल्दै छ ?
चुनावी तयारी जोडतोडका साथ चल्दैछ । हामीले घरदैलो गरिरहेका छौं । जनता र मतदाताको घर-घरमा अगुवा कार्यकर्ता सहित पार्टीका नेता कार्यकर्ताहरु हामी सबैजना मतदाताको घरमा गैरहेका छौं । चुनावको बारेमा बताउँदै मत माग्दै मत खसाल्ने तरिका समेत हामीले सिकाईरहेका छौं ।

जनतासंग मत माग्दा के भनेर मत माग्नुहुन्छ ? कस्ता योजनाहरु अघि सारेर मत दिनु भन्नुहुन्छ ?
मैले मत माग्दा यस क्षेत्रमा रहेको समस्याहरुलाई समाधान गर्ने, विशेषगरी प्रदेशसभामा गैसकेपछि नियम, कानून, ऐन तथा कानूनको अभावमा अडकिएको विकास निर्माणको गतिविधिलाई अगाडी बढाउन अपनाउनुपर्ने पद्धति र विकासको बारेमा मूल एजेण्डा अघि सार्छु । मुख्यत ः अल्पकालिन, मध्यकालिन र दिर्घकालिन विकासका योजनाहरु बनाउने, कार्यान्वयन गराउने गरी यस क्षेत्रको समग्र समस्याहरुलाई न्युनिकरण गर्ने खालको योजना बनाएर समाधान गर्नेगरी मत माग्ने गरेको छु ।

जनताको तपाईसंग के अपेक्षा छ ?
जनताको मुख्य अपेक्षा भनेको विकास हो । स्थानीय निकाय देखि प्रदेश वा प्रतिनिधिसभाका मान्छे सम्मको चुनाव जितेर गैसकेपछि विकास गर्नुपर्छ भन्ने बुझाई जनतामा छ । त्यही अनुरुप नीति नियम र कानून बनाएर त्यही अनुरुपको विकास निर्माणसंग सम्बन्धित अथवा विकाससंग सम्बन्धित ऐन, नियम, कानून र कार्यविधि बनाएर विकासको मोडालिटि जनतालाई बुझाउदै जनतासंग मत मागिरहेको छु । जनताले विशेषतः ग्रामीण समस्या मल, खाद्य, सडक, बाटो, पूल, पूलेसा जस्ता समस्याको समाधान खोजिदिन अग्रह गर्ने गरेको छ ।

चुनावमा मत माग्न जादा कस्तो कस्तो एजेण्डाहरु लिएर जनता माझ जानुहुन्छ ?
मैले पहिलोचोटी निर्वाचनमा भाग लिएको छ । मैले मेरो कामहरुलाई प्राथमिकीकरण गरेको छु । जस अन्तर्गत अघिल्लो जनप्रतिनिधिहरुले गरेको राम्रो कामको निरन्तरता र आगामी भनेको कृषिमा पुर्नजागरण, भुमीको वर्गीकरण, कृषि, बस्न योग्य, बाली, तेलहन, दलहन, अन्न, भुमी अनुसारको बालीनाली भुमीको वर्गीकरण, पाकेट क्षेत्र बनाउनुपर्ने जस्ता कामहरु गर्नुपर्नेछ । मल खाद्यको व्यवस्थापन सहित कृषि उपजको भण्डारण, खेतीयोग्य जग्गामा सिंचाई लगायतको सुविधा जनतालाई दिए खुशी हुने विश्वास छ ।
विद्यालयलाई पूर्वाधार सम्पन्न प्रविधिमैत्री डिजिटल शैक्षिक प्रविधि, किसाननगरमा प्राकृतिक व्यवस्थापन कलेजमा अध्ययन अध्यापन गराईने जस्तो विषयलाई मैले सुधार गर्नुछ । मधेशलाई मरुभुमीकरणबाट बचाउन चूरे वनको संरक्षण, सामूदायिक धनको रुपमा वनलाई अगाडी बढाउने नीति लिनेछु । रोजगारको समस्या सामाधानको लागि आयमुलक रोजगार, स्वरोजगार तथा कृषि कर्म श्रम लगानी गर्न प्रोत्साहित गर्ने गरी योजना अघि सारेको छु ।

आधारभुत विकास पूर्वाधार, समुन्नत महोत्तरी निर्माणको आधार अन्तर्गत चूरे पर्यटन सडक निर्माण पहल, रिङ्ग रोड निर्माणको कामलाई प्राथमिकतामा राखेको छु । दुव्र्यसन टाढा राख्न सार्वजनिक ई-लाईब्ररी, पुस्तकालय, वाचनालय, स्मारर्क पार्क र योग जीवनलाई अभिन्न अंगको रुपमा विकास गरिनेछ ।

टुटेश्वरनाथ महादेव, पञ्चधुरा माईस्थान, कञ्चनवनलाई टुरिज्म प्लेसको रुपमा विकास गरी सौन्दर्यीकरण, सम्बद्र्धन र प्रबद्र्धनमा जोड दिईनेछ । विशेषतः रायमण्डल क्षेत्रलाई विकासको मोडेलमा पर्यटनसंग जोडिन सघाउ पुर्‍याईनेछ । हरेक वर्ष बाढीको समस्यालाई न्यूनीकरण गर्न अवैद्य उत्खनन दोहनलाई रोक्न क्रसरको उत्खनन् रोक्ने, जडिबुटीमा आधारित कृषि खेती अवलम्बन गरिनेछ । खाली र बाँझो जग्गामा वृक्षारोपन, आफ्नै उत्पादको कृषि मेला लगाउने योजना छ ।

निर्वाचित जित्ने आधारहरु के के हो ?
निर्वाचन जित्ने पहिलो आधार म गठबन्धनको उम्मेदवार हो । यस क्षेत्रमा ठुलो हैसियात राख्ने नेपाली काँग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीको गठबन्धनमा हामी छौं । नेकपा एकिकृत समाजवादी पनि हाम्रो गठबन्धनमा छ, तर वहाँहरुको उम्मेदवार पनि अगाडी बढ्दै हुनुहुन्छ । हामीसंग निरन्तर छलफल भैरहेको छ, वहाँहरु हामीसंग आउने वातावरण पनि बन्दैछ । तथापि चुनाव जित्ने आधार गठबन्धन र अन्य उम्मेदवारहरुको तुलनामा जनतासंग भिजेको, वहाँहरुको सुख दुःख बिभिन्न आन्दोलनमा महत्वपूणर् भुमिका निर्वाह गरेको व्यक्ति हुँ । त्यसैले पनि होला सबै समुदायको सद्भाव र प्रेम म प्रति छ ।

अन्य यस अघि जितेर गएका जनप्रतिनिधिले चुनाव जितेर गएपछि मुख नदेखाउने प्रवृतिको अन्त्य गर्छु । तलव र भत्ता पकाउने प्रवृतिलाई र जनताको आवाजलाई उठाउने समस्या सामाधानको निमित्त पहल गर्नुभन्दा आफ्नो व्यक्तिगत स्वार्थ ताक्ने भन्दा मेरो फरक उपस्थिति हुन्छ । जनताको हरेक काममा सक्रिय सहभागिता हुनेछ । हरेक जनताको समस्या र घाउँमा मलहन बन्ने प्रयास हुनेछ ।

पहिलो पटक प्रत्यक्ष निर्वाचनको अनुभव कस्तो छ ?
म मा पहिलो पटक निर्वाचन लडेकोमा उत्साह छ । आम जनसमुदाय, गठबन्धन दलका नेता कार्यकर्ताहरु कहाँ घरदैलो जादा जनतामा निराशाबाट उठेको उत्साहले मलाई भावविह्वल बनाएको छ । जनताको दुःखमा साथ दिने बाचा गरेपछि एउटा उत्साहको तरंग पैदा हुन्छ । उत्साहपूणर् स्थितिले हौसला प्रदान गरेकोले म चुनाव जित्छु भन्नेमा विश्वस्त छु ।

जनताले तपाईमाथि किन विश्वास गर्ने ?
राजनीतिमा निरन्तरतको सक्रियता, समाजसेवाको मेरो भाव मैले भनिरहनु उचित नहोला । त्यो जनताको स्वमुल्यांकनको विषय हो । राजनीतिक परिवर्तनहरुलाई संस्थान गर्न मैले खेलेको हरेक परिवर्तनकारी आन्दोलनको भुमिका बारे सबैलाई थाहा छ । यही समुदायमा निरन्तरको काम, युगान्तकारी दृढ सोचका कारणले यहाँका युवा, आम नागरिक र समग्र जनताले विश्वास गर्छ भन्ने आधारहरु छ ।

परिवर्तनहरु धेरै भए तर आम पिछिडिएका वर्गको जनजीविकाको सवालमा के सोच्नु भाछ ?
साच्चै, एकदमै आम नागरिक दलित, गरिबको रोजीरोटीसंग जोडिएको विषय हो । जनताको जीवनीतर उकास्ने खालको कामहरु भएन् । यसमा मेरो ध्यान छ, भौतिक पूर्वाधारको विषयमा थुप्रै कामहरु भएपनि पूर्वाधार बाहेक अन्य विषयमा देशकै ध्यान पुगेको छैन् । देश कमजोर अवस्थामा पुगेको बेला गाउँमै खेतीपाती, स्वरोजगारसंग कसरी जोड्ने जाती अनुसारको पूर्खौली पेशाको संरक्षण, सम्बद्र्धन र व्यापारीकरण गरेर जीवन स्तर माथि उकास्न सकिन्छ । वास्तविक राहत र रोजगार दिने व्यक्ति जुन निम्न आयस्तर भन्दा तल छन, उनीहरुको जनजीविकाको सवालमा उनीहरुले गर्न सक्ने सिप दिने, बजारीकरणसंग जोड्ने, मुल्य निर्धारणको उनीहरुको माग अनुसार गर्ने देखियो भने रोजगारी र यहाँबाट अन्यत्र बजारीकरण गरे स्वतः जनजीविकामा सुधार हुनेछ । कृषिलाई उत्पादन हुँदै उद्योगसंग कनेक्ट गर्न सके हरेक नागरिकको जीवनस्तर सुधारिनेछ ।

महोत्तरीको उत्तरी भेगको विकास र दक्षिणी भेगमा तुषारापात भएको हो ?
उत्तर र दक्षिणी भेगमा समान विकास भएन भन्ने भनाईमा म केही प्रतिशत सहमत छु । तर यसमा धेरै प्राविधिक कुराहरुले पनि प्रभाव पार्ने विषय हो । अघिल्लो जनप्रतिनिधिहरुले यसमा केही कमी कमजोरी गरेको मलाई पनि महशुष हुन्छ । समावेशी समानुपातिक बजेट प्रणाली अवलम्बनको नीति लागू भएन भने यस्तो यस्तो अर्को कुरा भौगोलिक बनाबटको विषय पनि पर्छ । तथापि सडक सञ्जाल, यातायातको सुविधाले मेडिकल कलेज, प्राविधिक कलेज पढ्न काठमाण्डौं, हेटौडा, पोखरा, धरान पढ्न जाने बाटो बन्द भएको छ ।

यही घरबाटै पढ्ने, लेख्ने वातावरणको निर्माण भएको छ । राष्ट्रिय गौरवका योजनाहरुको भुमी व्यवस्थापन, साईट एरिया जस्ता प्राविधिक विषयहरुले पनि फरक पार्ने भएकोले दक्षिणी भेगिमा तुषारापात भएको हो भन्न सकिन्न । हो खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको समस्याहरु उत्तरी भन्दा दक्षिणी भेगमा कम छ, तर नभएको चाँही होईन् । काम ल्याउने मात्र हैन, निगरानी कति गर्ने भन्ने कुरा पनि महत्वपूणर् भएकोले जनताको अपनत्व हुने काम गरे दिर्घकालिन हुने सोचका साथ समानुपातिक विकासको नीति अवलम्बन हुनुपर्छ ।

विकास निर्माणको कामलाई तपाईले कसरी प्राथमिकीकरण गर्नुभाछ ?
पहिलो नम्बरमा भौतिक पूर्वाधारको सडक सञ्जाल, पूल पूलेसा जस्ता दैनिक जीवनमा अपरिहार्य कृषि सडक सञ्जाल, गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, शुद्ध खानेपानी जस्ता आधारभुत आवश्यकताहरु प्राथमिकतामा पर्छ । बेरोजगारीलाई रोजगारीसंग जोड्न आयमुलक रोकजगार, स्थानीय उत्पादनको प्रर्बद्धन, बजार व्यवस्थापन लगायतको कामहरु प्राथमिकतामा हुनेछ ।

सरकार अगावै दलहरुले गठबन्धन गर्नु दलहरुप्रतिको अविश्वासलाई झल्काउँछ ?
हैन, दलहरु प्रतिको अविश्वास नभनौं । यसलाई दलहरु मिलेर प्रतिगमनकारी शक्तिलाई परारस्त गर्न, जनताको मतलाई गलत ढंगले प्रयोग गर्दै संविधानमै नरहेको व्यवस्थालाई लागू गराउन खोज्ने दुष्प्रयासको बिरुद्धमा लाग्नुपर्ने, संविधान जोगाउन, त्रुटी सच्याउन त्यसकारण गठबन्धन भएको हो । र अत्यधिक मतले विजयी गराएर स्थायी सरकारको रुपमा स्थायीत्व प्रदान गर्न र दिगो शान्ति र विकासको निमित्त, सुशासन, उन्नति, प्रगति सहितको उपलब्धि जोगाउन गठबन्धन भएको हो । त्यसकारण गठबन्धन दलप्रतिको अविश्वास होईन, बरु राष्ट्रियता जोगाउन, उपलब्धि संस्थागत गर्न, जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनको मुख्य एजेण्डालाई कायम राख्न गठबन्धन गर्नुपरेको हो ।

अन्तिममा तपाईले मतदातालाई के भन्न चाहनुहुन्छ ?
मैले निर्वाचन जिते मतदातामा आधारित विकास निर्माणको कामको लागि मलाई मत दिनुस् भन्छ । हाम्रो मान्छे, भन्दा पनि राम्रो मान्छेमा देखिएको उत्साहलाई कायम राखेर मतदाता शिक्षापनि जाने बुझेकाले नजानेकालाई सम्झाएर, बुझाएर बदर मतलाई घटाउन सहयोग गर्नुस् भन्न चाहन्छु । निर्वाचनको समयमा केही मानिसमा हुने भ्रम चुनाव आएपछि रक्सी र मासु खान पाईन्छ । र खुवाएक्कै भरमा चाँही जस्तो खराब उम्मेदवारले पनि जित्छ भन्ने भ्रमलाई चिर्नुस भन्दै सत्य र असत्यको बीचको प्रतिस्पर्धामाम सत्यलाई साथ दिनुस् भन्छु । यो निर्वाचन एकल निरङकुशता विरुद्धको चुनावमा उपलब्धिलाई गुमाउने की बचाएर राख्ने यो चुनाव भएकोले गठबन्धनको पक्षमा मतदान गर्न आम जनसमुदायलाई लाग्न र उत्साहप्रद हिसाबले गठबन्धनलाई जिताउन आग्रह गर्छु । लोभ, प्रलोभ। दबाब, प्रभावमा नपर्न, जनताको काम गर्नेलाई जिताउन प्रतिनिधिसभामा गिरिराजमणि पोखरेल र प्रदेशसभामा साईकल छापमा मत दिन आग्रह गर्छु ।

२०७९ मंसिर १, बिहीबार १९:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय