धनुषा: धनुषा क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका शेषनारायण यादवले नेकपा एमालेका उम्मेदवारलाई १ हजार ४४९ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

कांग्रेसका शेषनारायणले १४ हजार ५५ मत प्राप्त गर्दा एमालेका उम्मेदवार सन्तोष यादवले १२ हजार ६०६ मत ल्याए । यस क्षेत्रबाट २०७४ सालमा तत्कालिन संघीय समाजवादी फोरमबाट प्रदेशसभामा निर्वाचित भएका जनता समाजवादी पार्टीका ज्ञानेन्द्र कुमार यादव ८ हजार १९६ मतमा सिमित बने ।

हाल निर्वाचित शेषनारायण मनोनयन दर्ताको अन्तिम समयमा जनता समाजवादी पार्टी त्यागेर कांग्रेस प्रवेश गरेका थिए ।

sheshnarayan yadav

२०७९ मंसिर १०, शनिबार १५:०२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय