नेपालवाणी / जनकपुरधाम

घाइते अवस्थामा भेटिएको सालकलाई उद्धार र उपचारपछि जङगलमा छोडिएको छ । टाउकोमा चोट लागेर घाईते अवस्थामा भेटिएको सालकलाई उद्धार र उपचारको तीन दिनपछि प्राकृतिक वासस्थानमा जङ्गलमा छोडिएको हो । छोडिएको सालक चिनियाँ भएको बताईएको छ ।

‘कमीला धमिरा मात्र खाने सालकलाई धरै दिन नियन्त्रणमा लिन नसकिने हँुँदा हिँडडुल गर्न थालेपछि चुरे क्षेत्रभित्रको सामुदायिक वनमा छोडिएको छ’ डिभिजन वन कार्यालय, धनुषाका अधिकृत बेचन चौधरीले सालकको स्वास्थ्य अवस्थामा सुधार आएपछि धेर थोर हिडडुल गर्न थालेपछि जङ्गलमा छोडिएको बताए ।

सालकलाई कमला नदीसँगैको जनकनन्दनी गाउँपालिका–४ को खजुरी चनाहा गाउँबाट पुसको पहिला साता प्रहरी तथा संरक्षणकर्मीले उद्धार गरेको मिथिला वाईल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल जानकारी दिए । गाउँका बालबालिकाले नदीसँगैको क्षेत्रमा देखेको सालकलाई घाइते बनाएको खबर आएपछि प्रहरीसँगै गएको संरक्षणकर्मीको टोलीले उद्धार गरेको थियो ।

कमिला र धमिरा खाने सालकले जमीनमा प्वाल बनाएर बस्छ । यस्तो क्रियाकलापले माटो उर्वर हुने भएकाले यसलाई कृषकको साथी भन्ने गरिन्छ । रातमा बढी सक्रिय हुने सालकले बर्सेनि विश्वभर झण्डै सात करोड कीरा–धमिरा खाने अनुमान छ ।

नेपालमा ’इन्डियन प्यान्गोलिन’ (कालो सालक) र ’चाइनिज प्यान्गोलिन’ (तामे सालक) गरी दुई प्रजातिको सालक पाइछ । कालो सालक नेपाल बाहेक चार देशमा र तामे सालक १० देशमा मात्र पाइन्छ । हालसम्म नेपालका ४३ जिल्लामा सालक पाइएको पुष्टि भएको छ ।

खजुरी चनाहामा भेटिएको कालो सालकलाई मिथिला वाइल्डलाइफसँग आबद्ध भेटेरिनरी चिकित्सक पिङ्की मण्डल तथा नेपाल प्रकृति संरक्षण कोषका विकल्प कार्की र अमिर सडौलाले उपचार गरेका थिए । टाउकोमा चोट लागेको सालकले तीन दिनपछि मात्र हिँडडुल गर्न सकेको थियो ।

सालक छोडिएको स्थान वरपर केही दुलो देखिएकाले सकुसल रहेको अनुमान सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् । धुनषाको दक्षिणी भेगमा सालकको वासस्थान नभएको हुँदा कसैले चुरे क्षेत्रबाट अनधिकृत रुपमा चोरी पैठारीको लागि सालक ल्याएको हुनसक्ने मिथिला वाइल्ड लाइफका देवनारायण मण्डल बताउँछन् ।

नेपालमा पहिलोपटक ३३ वर्षअघि जुद्धबहादुर गुरुङले नार्गाजुन वन क्षेत्रको सालकको अध्ययन गरेका थिए । सालकलाई ४९ वर्षअघि नै संरक्षणको सूचीमा राखिए संरक्षण हुन सकेको छैन । सालकलाई मिथिला नगरपालिका–४ मा पर्ने भाटेघारी सामुदायिक वनका पदाधिकारीको रोहवरमा वन क्षेत्रमा छोडिएको मिथिला वाईल्ड लाईफका अध्यक्ष मण्डलले बताए ।

२०७९ पुष २९, शुक्रबार १८:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय