
काठमाडौं, माघ १ : पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार ६८ यात्रुको परिचय खुलेको छ । विमानमा ४१ पुरुष २७ महिला यात्रु सवार रहेको पाइएको छ । तीमध्ये ११ बिदेशी नागरिक रहेकाे बताइएकाे छ।
काठमाडौंंबाट पोखरा उडेको यति एयरलाइन्सको एटिआर–७२ जहाज आइतबार बिहान सेती खोँचमा दुर्घटना भएको थियो। विमानमा चालक दलका सदस्यसहित ७२ जना रहेको बताइएको छ ।
मध्यान्ह १२ बजेसम्म ३२ वटा शब निकालिएको थियो । अहिले पनि उद्धार कार्य जारी रहेको बताइको छ।