काठमाडौं : भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनारसको एक होटलमा आत्मह- त्या गरेकी छन् । मोडल तथा अभिनेत्री आकांक्षा दुबेले सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएर आत्मह- त्या गरेको बताइएको छ ।

आकांक्षा भदोही जिल्लाको चौरी थाना क्षेत्र अन्तर्गत पर्सीपुरकी थिइन् । उनी भोजपुरी उद्योगको चर्चित अनुहार थिइन् । आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामक फिल्ममा काम गरिन् । अभिनेत्रीले किन यस्तो कदम चालिन् भन्ने अहिलेसम्म खुलेको छैन ।

यो खबर आएपछि भोजपुरी उद्योगमा शोक छाएको छ । यसबाट सबैलाई ठूलो धक्का लागेको छ । आकांक्षा दुबे तीन वर्षको उमेरमा आमाबुवासँग मुम्बई सरिन् । उनका आमाबाबुले उनलाई आईपीएस अफिसर बनाउन चाहन्थे, तर उनको चाहना नृत्य र अभिनयमा थियो।


२०७९ चैत्र १३, सोमबार १२:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु