जनकपुरधाम : राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन, मधेश प्रदेशको प्रथम अधिवेशनबाट भोला महतोलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका उप-महासचिव गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमममा महतोलाई सर्वसम्मत चयन गरिएको छ ।

यसैगरी संगठनको उपाध्यक्षमा जयनारायण यादव, रामबीर ठाकुर र महिला उपाध्यक्षमा रोशनी घिमिरेलाई चयन गरिएको छ ।

संगठनको सचिव महेन्द्र साह, सहसचिव अमन शर्मा, कोषाध्यक्षमा गयाप्रसाद चौधरी, सह-कोषाध्यक्षमा बिनोद सिंहलाई सर्वसम्मत चयन गरिएको छ । येसैगरी सदस्यहरुमा जगतनारायण सिंह, चुल्हाई राउत कुर्मी, बैधनाथ साह, सुदिक्षा कोइराला, धीरेन्द्र पासमान, नीर बहादुर स्यांगतान, उदय साह, सुनिल कुमार यादव, कौशिला चौधरी, बिनोद साह, किशोरी साहलाई चयन गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष महतोले अधिवेशनबाट प्रदेश समिति चयन गर्न सहज र सकारात्मक भुमिका निर्वाह गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ ।

२०७९ चैत्र २१, मंगलवार १८:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय