गौशाला (महोत्तरी) : कुनै फिल्मको रोचक दृश्य झैं शुक्रवार १२ वटा टिफरमा एकै पटक गिटी बालुवा लोड गरेर अवैद्य रुपमा निकासी गरिरहेका थिए । अवैद्य रुपमा नगरपालिकाको कर छली गरि चोरबाटो हुँदै टिफर लगिरहेको सूचना गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोको कानमा पुग्यो ।

उपमेयर महतो एक विहानै गौशाला नगरपालिकामा सञ्चालित क्रसर उद्योगहरुमा पुगीन् । कुनै पनि क्रसर उद्योगमा प्राप्त सूचना अनुसार उपमेयर महतो पुग्दा एउटा ट्रिफर पनि भेटिएन् । उनी पुग्नु अगावै टिफर त्यहाँबाट घाम झुल्क्निुभन्दा पहिला नै निस्किसकेको रहेछ । उपमेयर महतोलाई प्राप्त सूचना अनुसार नगरपालिकाको निकासी रसिद नै नकाटी टिफर बालुवा गिटीको ओसार-पोसारमा गरिरहेको सूचना थियो । त्यही आधारमा उपमेयरले नगरप्रहरी सहितको टिम लिएर टिफर पछयाउन तीर लागिन् ।

टिफरको हुलले धुलो उडाउँदै गाउँ घर नै नबुझि अनियन्त्रित रुपमा गाडी नरोक्ने र उपमेयर चढेको नगरपालिकाको गाडीलाई साईड नदिने मनशायका साथ टिफर कुदाई रहे । फिल्ममा छायांकन गरिएको दृश्य जस्तै टिफर रोक्न पटक-पटकको प्रयास असफल भईरहे । गौशाला नगरपालिकाको १२ कान्तिबजार पछ्याउन सुरु गरेको उपमेयर महतोको टिमले पछयाउँदै भारतको सिमावर्ती क्षेत्र सम्सीमा गएर टिफर रोक्न सफल भए ।
जय बालाजी ढुङ्गा, गिट्टी, बालुवा वासिङ्ग सेन्टर गौशाला १२ कान्तिबजारबाट गिटी बालुवा लोड गरी १२ वटा टिफर लगदै गरेकोको ४ वटा टिफरको नगरपालिकाको निकासी पुर्जी नै थिएन् । तत्काल ४ वटा टिफरलाई जिल्ला समन्वयन समिति महोत्तरी र जिल्ला प्रहरी कार्यालयको समन्वयनमा नियन्त्रणमा लिईयो । हाल टिफर प्रहरीको नियन्त्रणमा छ ।

उपमेयर महतोले गौशाला नगरपालिकाको निकासी खोज्दा काटिएको निकासी पुर्जी नभएको फेला पर्‍यो । यता नगरपालिकाले गौशाला नगरपालिकाका वडाध्यक्ष कुशेश्वर सिंहको जिम्मा निकासी रसिद काट्न लगाएकोमा ठेली नै अवैद्य भेटिएको उपमेयर महतोले बताईन् । उता उपमेयरले नगरप्रहरीको सहयोगमा नियन्त्रणमा लिएको टिफरको चालकसंग हुनुपर्ने निकासी रसिद पछिबाट काटेर ल्याईकोमा समेत एउटै गाडी नम्बरको दुई रसिद भेटिएको पाईएको जनाईन् ।

उपमेयर महतोले भनिन, ‘एउटा टिफरको निकासीमा नेपाल सरकारको २ हजार राजश्व उठछ, तर अहिले रसिदै नकाटि लगिरहेको सूचनाको आधारमा हामीले चेकजाँच गर्दा पक्राउ गर्‍यौ । थाहा नपाउँदा त कति दिन लगेहोला त्यो थाहा नै छैन् । यसरी राजश्व छली अवैद्य रुपमा लगिने बालुवा गिटीले सरकारलाई वार्षिक रुपमा करोडौं नोकसानी हुन्छ, त्यसैले अनुगमनमा कडाई गरेको हौं । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’

२०८० बैशाख २९, शुक्रबार २०:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय