काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाली महिलाहरुले क्रान्तिकारी आन्दोलनमा अभूतपूर्व किर्तिमानसहितको योगदान नगरेको भए देश परिवर्तनको यो उचाईमा पुग्न सम्भव नहुने वताउनु भएको छ ।

आइतवार विहान अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिद्धारा कोटेश्वरमा आयोजित राष्ट्रिय परिषदको प्रथम बैठक एवम् विद्यान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्री प्रचण्डले नेपाली महिलाको उल्लेखनीय सहभागितामा भएको जनक्रान्तिको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई थप अधिकार सम्पन्न गराउन क्रान्तिकारी महिलाहरु एकतावद्ध हुनुपर्ने वताउनु भयो ।

प्रधानमन्त्रीले देशमा ठूलो राजनीतिक परिवर्तनका बाहक नेपाली श्रमजीवी महिला रहेको वताउँदै माओवादी क्रान्तिकारीहरु एकतावद्ध भएर अघि बढ्न सक्दा फेरि ०६४ साल कै अवस्थामा पुग्न सक्ने स्पष्ट पार्नु भयो । अहिले गणतन्त्र विरुद्ध षडयन्त्र भइरहेकाले प्रतिगामीविरुद्ध परिवर्तनकामीहरु एकजुट हुनु पर्ने वताउनु भयो ।

२०८० जेष्ठ ७, आईतवार १९:११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय