काठमाडौं : टेक पौरखी राईको निर्देशन रहेको फिल्म ‘जय हो’को टिजर सार्वजनिक गरिएको छ ।

१ मिनेट १० सेकेन्डको टिजरमा प्रेम, मित्रता र द्वन्द्वलाई समेटिएको छ । विशेषगरी अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेतको प्रेममा आउने उतार-चढावमा टिजर केन्द्रित छ । माओत्से गुरुङ र निशा अधिकारी जोडीको रुपमा प्रस्तुत टिजरमा अर्पण थापा र सलोनबीच द्वन्द्वात्मक दृश्य पनि छ ।

आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय छ । निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । फिल्मको छायांकन मुस्ताङमा भएको हो ।

फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । टिजरले दर्शकमा फिल्मको पखाई बढाउन सक्छ ।

२०८० असार ९, शनिबार १५:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय