
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ ।
आज राति बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको हो ।
अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ कायम भएको छ ।
तालिका हेर्नुहोला !