महोत्तरी : चन्द्रमास गणनाको साउन शुक्लपक्षका पछिल्ला १३ दिन मधेश प्रदेशका प्राचीन मिथिलाक्षेत्रमा भूmलनोत्सवको रौनक छाउँछ । साउन शुक्ल त्रितीयादेखि पूणर्िमासम्मका १३ दिन यस क्षेत्रका मठ, मन्दिरमा भूmलनोत्सव मनाइने परम्परा छ । यही भूmलनोत्सवको अहिले मिथिलामा रौनक छ ।

‘राम झुलै, सीया झुलै , झुलै राधाप्यारी,

सावनमें मस्त झुलै किशन मुरारी….!’

( श्रीराम झुल्छन् , सीताजी भुल्छिन् , त्यसैगरी राधा र श्रीकृष्ण पनि साउनमा झुल्दछन्) भूmलनोत्सवमा गाइने गीत र कीर्तन कति हुन् कति ! भगवान विष्णु र देवी लक्ष्मीको आराधना गरिने यो पर्वमा प्रत्येक दिन साँझ विष्णुअवतार मानिने श्रीराम र लक्ष्मी अवतारकी देवी सीता तथा श्रीकृष्ण र राधाका प्रतिमालाई डोला (एक प्रकारको कोक्रा) मा राखेर झुलाइने यो पर्वलाई भूmलनोत्सव भनिने गरिएको हो । सम्पूणर् प्राचीन मिथिलाक्षेत्र अहिले झुला उत्सवमा मग्न देखिन्छ ।

मिथिलाको मुख्य केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजना हुने झुला उत्सवमा सहभागी हुन टाढाटाढाबाट भक्तजन दिनहुँ पुग्दैछन् । त्यसैगरी अहिले महोत्तरीको मटिहानीस्थित झुलाघरमा भूmलनोत्सवको रौनक छ । मुलुकभरिका मठहरुको नायक मानिने श्री लक्ष्मीनारायण मठको आयोजनामा हुने यस मठमा अहिले भूmलनोत्सवका लागि मिथिलाक्षेत्रका बिभिन्न मठ र मन्दिरबाट श्री विष्णु/लक्ष्मी, श्रीराम/सीता र श्रीकृष्ण/राधाका प्रतिमा ल्याइएका छन् । प्रत्येक साँझ लक्ष्मीसहित श्री नारायणका प्रतिमा विशेष प्रकारले सजाइएका डोलामा राखेर साधुसन्त र सर्वसाधारणले पालैपालो हल्लाउँछन् /झुलाउँछन् । मध्य बर्खाकालमा पर्ने यो पक्षमा श्री विष्णु / लक्ष्मी झुलाइँदा पूण्य प्राप्त हुने हिन्दू मैथिल जनविश्वास छ ।

श्री लक्ष्मीनारायण मठपरिसरमै श्री लक्ष्मीनारायणको मन्दिर छ । प्रत्येक साँझ साधुसन्त र सर्वसाधारणसहित सम्मिलित टोलीले स्वणर्जडित डोलीमा श्री विष्णु/लक्ष्मीका प्रतिमा राखेर पालैपालो बोक्दै करिब १०० मीटर दुरीको झुलाघरमा पुर्‍याउँछन् । अनि प्रतिमा त्यहाँको विशेष प्रकारले सजाइएको झुला (कोक्रो) मा राखेर शृङ्गारिक भक्ति गीत र कीर्तन गाउँदै साधुसन्त र सर्वसाधारणले हल्लाउँछन् ।

प्राचीन मिथिलाक्षेत्रमा मधुश्रावणी पर्व समापनसँगै सुरु हुने भूmलनोत्सव पनि प्रगाढ प्रणयसम्बन्धकै भावमा मनाइने पर्व रहेको मिथिला परम्पराका ज्ञाताको भनाइ छ । पतिपत्नीबीच प्रणयसम्बन्धकै प्रगाढताको कामनासाथ नवविवाहिता मिथिलानीले मनाउने मधुश्रावणीमा शिव, पार्वती र विषहरा (नाग) को आराधना हुन्छ भने झुलाउत्सवमा श्री विष्णु/लक्ष्मी झुलाइन्छन् । यसरी झुलाइँदा विष्णुसँग लक्ष्मी, श्रीरामसँग सीता र श्रीकृष्णसँग राधाको आपसी समर्पण र प्रेमपूणर् भावका गीत/कीर्तन गाइन्छन् ।

यसै पर्वमा भर्खरै किशोरावस्था पार गरेका युवायुवती आम्रकुञ्ज (आँप बगैंचा) मा साउन महिनाको महिमा गान गर्दै पिङ् झुल्ने गर्दछन् । मिथिलानी सखीहरुबीच हुने गीति सम्वादले पनि साउनलाई प्रणय प्रगाढताको मौसमकै रुपमा चित्रण गरिएको प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

‘साओन हे सखि-सर्व सोहाओन,

फुलय बेली चमेली यो,

ताहि सौरभ भ्रम लुवधल करय

मधुर रस केली यो……!’

(हे सखी, यो साउन कति मन प्रफुल्लित गराउने छ , सुगन्धित बेली चमेली पूmल फुल्दैछन् । यिनको सुवासले पूmलको मधुर रस चुस्न भमरा लोभिएका देखिन्छन् ) यो गीतको भाव ती नवयौवनाको आफ्नै रुप, यौवनमा लठ्ठ भएर झुम्मिने युवाप्रति लक्षित रहेको डा. विमल बताउनुहुन्छ ।

साउन महिना त्यसमा पनि शुक्लपक्ष प्रणय (प्रेम) सम्बन्धमा रहेका हरुका लागि मिलनको उत्साह र वियोगको वेदना दुबैपक्ष उत्कर्षमा हुन्छन् । बर्खाकालमा गाइने पावस मलार (एक प्रकारको गीत) मा यस्ता भाव छचल्किन्छन् ।

‘उधो प्राणनाथ नहीं आये ।

आयल प्रवल ऋतु बरसा, तापन घन घहराये ।

चितवत चौकी फटय मोर छतिया, कत दिन मोही सताये ।’

(ओहो, प्राणनाथ आएनन् , घनघोर वर्षा ऋतु छ, मेघ गर्जन हुँदैछ । मेरो चित्त विकल हुँदैछ, छाती चिरिदो छ, कति दिन मलाई सताउँछौं ?) साउनमा आँपको रुखको हाँगामा डोरी बाँधेर बनाइएको पिङ् झुल्दै नवयौवनाले गाउने यी गीतले महाकवि कालिदासको मेघदूत काव्यका यक्षको मनोदशा सम्झाउने डा. विमल अथ्र्याउनुहुन्छ ।

साउन मिथिला परम्परामा नयाँ वर्षको प्रारम्भ पनि हो । मिथिला प्रचलनका पात्रो विद्यापति पञ्चाङ्गम् र मिथिला विश्व विद्यालय (दरभङ्गा, भारत) पञ्चाङ्गम््मा वर्षको पहिलो महिना साउनबाटै गणनामा राखिन्छ । साउन कृष्ण प्रतिपदा मिथिला प्रचलनका पञ्चाङ्गमा वर्षको पहिलो दिन उल्लेख हुँदै आएको छ ।

अपेक्षा, उपलब्धी, खुशी , दुःख र जीवनका बिभिन्न परिघटनासमेत ईश्वरमा सुम्पने र ईश्वरीय देन ठान्ने मैथिल संस्कृति र परम्परामा साउन वर्षको पहिलो महिना रहेको हुँदा भगवानलाई यसै महिनामा झुलाएर वर्षभरि उत्सवमय बितोस् भन्ने कामना भूmलनोत्सवको मुख्य भावपक्ष रहेको श्री लक्ष्मीनारायण मठ मटिहानीका सन्त रविन्द्रदास वैष्णव बताउनुहुन्छ ।

२०८० भाद्र ७, बिहीबार ०८:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय