जनकपुरधाम : महोत्तरी भंगहाका मन्दिपको घुडाको शल्यकृयाको क्रममा चिकित्सकले गज भित्रै छोडेको आरोप लगाइयो । त्यती मात्र नभई अस्पतालले पनि पैसाको लागि मन्दिपलाई पीडित बनाइएको आरोप समेत लगाइयो । यद्यपि नवजीवन हस्पिटल प्रा. लि.ले मन्दिपको शल्यकृयामा अस्पतालको खास कुनै संलग्नता नरहेको जनाएको छ ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै मन्दिपले आफै डा. मुकुन्द झासंग सम्पर्क गरेर शल्यकृया गराएको र अस्पतालले उल्टै शल्यकृयाको वातावरण सहज बनाएर मन्दिपलाई सहयोग गरेको दावी गरे । डा. झाले अस्पतालको पूर्वाधार मात्रै प्रयोग गरिएको विज्ञप्ति जनाइएको छ ।
अस्पतालले भनेको छ ‘यो स्वास्थ्य क्षेत्रमा हुने नियमित प्रक्रिया हो । तसर्थ, मन्दीपले कपोकल्पित रुपमा अस्पतालमाथी आरोप लगाए, नवजीवन हस्पिटल र डा. मुकुन्दलाई फरक फरक स्वतन्त्र निकायको रुपमा हेर्नु पर्छ ।’
मन्दीपले शल्यक्रियाको क्रममा गज (कपडा) भित्रै छोडेको कुरा भ्रामक र बदनियतपूर्ण छ, विज्ञप्तिमा भनिएको छ ‘ डा. मुकुन्द नै यो घटनाले पीडित भएका छन् । मन्दीपको भाउजु रम्मी यादव स्वयं शल्यक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरे, यस घटना क्रममा उनको गैरजिम्मेवारपूर्ण र शंकास्पद भूमिका रहेको देखिन्छ । नर्सको रुपमा यस हस्पिटलमा कार्यरत रम्मी यादवलाई आवश्यक कारावही पनि गरि सकिएको छ ।’