काठमाडौं भदौ, २५ : गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ।

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसहित १० सहसचिवको सरुवा गरेको हो।

विभागको महानिर्देशकमा गृह मन्त्रालयका रुद्रसिंह तामाङलाई पठाएको छ। विभागमा यसअघि महानिर्देशक रहेका झलकराम अधिकारी सुन प्रकरणमा मुछिएपछि त्यहाँबाट उनलाई हटाइएको थियो।

तामाङको स्थानमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीलाई दाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। उनको स्थानमा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई ल्याइएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने त्यहाँ गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई पठाइएको छ। यस्तै, महोत्तरीका प्रजिअ दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइइँदै त्यहाँ मन्त्रालयका सहसचिव शिवराम गेलाललाई पठाइएको छ।

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गर्दै भक्तपुरमा बागलुङकी प्रजिअ रोशनीकुमारी श्रेष्ठलाई ल्याइएको छ।

२०८० भाद्र २५, सोमबार २०:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय