गोविन्द महतो / जनकपुरधाम

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्लान ईन्टरनेशनलको राष्ट्रिय रणनीतिमा दूरदृष्टि सार्वजनिक गरेको छ । प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय रणनीति २०२३–२०२८ जनकपुरधाममा सार्वजनिकीकरण गर्दै मुख्यमन्त्री यादवले समाजिक विकास तथा रुपान्तरणका मुद्दा सबैको साझा मुद्दा भएकोले सरकार, समाजिक संघ संस्था र आमनागरिकले मिलेर सघाउनुपर्ने बताएका हुन् ।

प्लानले नेपालको राष्ट्रिय रणनीतिमा ३२ प्रतिशत २० देखि २४ वर्षका महिलाहरु १८ वर्ष उमेर पुग्नु अघि नै पुग्नु अघि विवाह गर्नु, प्रतिहजारमा ६३ जना १५ देखि १९ वर्ष उमेर समुहका किशोरीहरुले बच्चा जन्माउने तथ्याङ्क छ । प्लानको प्रोजेक्टर म्यानेजर मन्दिरा न्यौपानेले प्रस्तुत गरेको तथ्याङ्कमा किशोरीको अवस्थामा गर्भाधारण सबैभन्दा बढी कर्णालीमा २१ र मधेशमा २० प्रतिशत रहेको छ ।

१५ देखि ४९ वर्षका महिलाहरु ११.४ प्रतिशत महिला साथीबाट भौतिक यौजजन्य हिंसाका सिकार भएको तथा देशमा ६९.४ प्रतिशत महिला साक्षर रहेकोमा मधेशमा ५४.७ प्रतिशत महिला मात्र साक्षर रहेको तथ्याङ्कले देखाउँछ । जसमा ७ लाख ७० हजार बालबालिका विद्यालय बाहिर रहेको छ ।

नेपालमा सबै बालिका तथा युवा महिलाहरुका लागि समावेशी, न्यायपूर्ण र सुरक्षित समाज हुने र सबै बालिका तथा युवा महिलाहरु सशक्त हुनुका साथै आत्मसम्मानका साथ आफ्नो अधिकार र स्वतन्त्रताको उपभोग गर्न पाउने अभिप्राय पेश गरेको छ । जसले प्रत्यक्ष रुपमा ७ लाख र अप्रत्यक्ष रुपमा १५ लाख युवा, महिला तथा बालबालिका लाभान्वित हुने जनाएको छ ।

प्लान ईन्टरनेशनलका निर्देशक राम किशनको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री यादवले प्लान इन्टरनेशनल नेपाल जस्ता संस्थाले बनाएको रणनीतिको सफल कार्यान्वयनका लागि प्रदेश सरकार सघाउन तयार रहेको बताए । कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेश प्रसाद यादव, सिन्धुली तथा धनुषाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख तथा संयुक्त राष्ट्रसंघीय संस्थाहरुको उपस्थिति थियो ।

२०८० आश्विन ११, बिहीबार २०:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय