जनकपुरधाम : मधेशमा सामुदायिक तथा नीजि स्वास्थ्य संस्थाहरुमा बढ्दो बेथिति, विसंगति तथा नियम मिचेर खुलेका अस्पतालहरुको नियमन अनुगमनका लागि विशेष समिति गठन गरिएको छ ।

प्रदेशभित्रका स्वास्थ्य संस्थाहरुको अनुगमन तथा नियमनका लागि डा. कष्णदेव दास (केडि दास)को नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपसंयोजकमा डा. जितेन्द्र ठाकुर सदस्यहरुमा डा. रजनी सिंह, शिवानी कार्की, सन्तोष यादव, सञ्जुकुमारी यादव र सन्तोष ठाकुर रहेका छन् । समितिले सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुको नियमित अनुगमन गर्ने भएको छ । साथै अधिकार प्रत्यायोजन भएको गरिएको स्वास्थ्य संस्थाहरुको सञ्चालन मापदण्ड, आवश्यक प्रक्रिया जस्ता विषयमा निर्णय लिन सक्ने छ ।

समितिले सरकारले तोकेको मापदण्ड पुरा नगरेका तथा बढी शुल्क लिईएको यथेष्ट प्रमाण भेटिए कारवाही गरी अटेर गरे बन्द गर्न सम्मको अधिकार रहेको समितिले जनाएको छ । समितिका संयोजक केडी दासका अनुसार भर्खरै काम सुरु गरिसकेको बताएका छन् । उनले भने, ‘हामीले ८ वटै जिल्लाहरुको स्वास्थ्य अवस्थाको अनुगमन, विश्लेषण र सुझाव सुधारका कार्ययोजना अघि बढाउन निर्देशन दिने उदेश्यका साथ काम अघि बढाएका छौं ।’

२०८० आश्विन २६, शुक्रबार ०९:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय