राजविराज: जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले पहिचान र अधिकार प्राप्तिको अन्तिम लडाइँ आवश्यक भएको बताउनुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरी कार्यालय राजविराजमा आज भएको कार्यकर्ता भेटघाटमा नेता यादवले पहिचान र अधिकार सुनिश्चितताको लागि अन्तिम लडाइँ लड्न अझै बाँकी नै रहेको बताउनुभयो ।

देशको समग्र विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले पार्टी सङ्गठन निर्माणमा पनि उत्तिकै इमान्दारीका साथ लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेता यादवले मधेसी, आदिवासी जनजाति, थारू, दलित, मुस्लिम, महिला, पछाडि परेको क्षेत्रको खसआर्य, अल्पसङ्ख्यक समुदायलगायत अन्यायमा परेका समुदायको हकअधिकार स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

२०८० कार्तिक १३, सोमबार ०७:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय