काठमाडौं : आइएसएमटी कलेजले जाजरकोट केन्द्रबिन्दु बनाई हालै गएको भूकम्पबाट पीडित परिवारलाई सहयोग हेतु ५ लाख आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

कलेजले एक विज्ञप्ति मार्फत् सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा दाखिला गर्ने निर्णय गरेको जनाएको छ ।
कलेजका अध्यक्ष योगेश उप्रेतिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ – ‘जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो जनधनको क्षति भएकाले सानै भएपनि पीडितसमक्ष सहयोग पुगोस् र सबैमा सहयोगको भावना जागृत गराउन सकियोस् भन्ने उद्देश्यले आइएसएमटी कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उपलब्ध गराइने निर्णय गरिएको छ ।’

साथै, कलेजले उक्त भूकम्पमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेको छ । भूकम्पबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपदको यस दुःखद घडीमा खोज, उद्धार, उपचार तथा राहतका लागि सरकार तथा सबै व्यक्ति तथा संस्थाहरुसमक्ष हार्दिक आग्रह पनि गरेको छ ।

२०८० कार्तिक २१, मंगलवार १९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय