जनकपुरधाम : अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने तराईबासीको महत्वपुणर् पर्व छठको तयारी जनकपुरधाम सहित तराई मधेशको जिल्लाहरुमा जोडतोडका साथ सुरु भएकोे छ । तराई मधेशको मुख्य पर्वहरु मध्ये मिथिला, थारु तथा भोजपुरीनी महिलाहरुको विशेष कठोरताको पर्वको रुपमा रहेको छठको तयारी जनकपुरधाम सहित तराई मधेशको जिल्लाहरुमा सुरु भएको हो ।

नियम निष्ठा र बिधिविधान पुर्वक मनाईने साँझा सांस्कृतिको रुपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीहरुको जोहो र किन मेल गर्न सर्बसाधारण अहिले व्यस्त छन् । बाँसका डाला, नाङ्गलो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायत छठ पर्वमा आवश्यक पर्ने नारिवल, सख्खर किनमेल गर्न सर्बसाधारण बजारमा व्यस्त देखिन्छन् ।

चार दिन सम्म मनाइने सम्पुणर् शक्तिको श्रोत सुर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोश्रो दिन खरना, तेश्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सुर्यलाई अर्घ दिएपछि बिधिवत रुपमा सम्मापन हुनेछ । छठ पर्ब ब्रत अबधि भरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल गायतका खाद्यबस्तुहरु अनिर्वाय रुपमा बार्ने प्रचलन रहेको पूर्व प्राज्ञ तथा संस्कृतिविद् रामभरोष कापडि ‘भ्रमर’ बताउँछन् । ‘छठमा चढाईने वस्तुको शुद्धता नै यस पर्वलाई अन्य पर्वभन्दा फरक तुल्याएको छ । यस पर्वमा सामान्य रुपमा नभै पूणर् चोखोपनाले सतर्कतापूर्वक चामल, गहुँलाई केलाएर, धोएर, सुकाएर, पिधेर राखिने गरेको र यो चोखोपनाको विशिष्ट पक्ष नै यस पर्वलाई अन्य पर्व भन्दा फरक बनाएको हो’ संस्कृतिविद् रामभरोस कापडिले कापडिले भने ।

मधेशी समुदायका बीचमा मनाईदै आएको यो महत्वपूणर् छठ पर्व केही वर्ष यता देखि यहाँका पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुदै गएको छ । प्रत्येक वर्ष छठ पर्व मनाउने मिथिलानी महिलासंगै नेपाली समुदायका महिलाहरु समेत छठ पर्व मनाउन थालेको बर्दिबासकी रिता लामा बताउँछीन् ।

मुख्यतः सन्तान प्राप्ति, रोगनिदान र पारिवारिक कल्याणका लागि मनाईने छठ पर्वलाई भव्यता प्रदान गर्न जनकपुरको ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर, अग्नीकुण्ड, रत्नसागर, बाल्मिकी सर, दशरथ तलाउँ लगायतका दर्जनौ पोखरी र सरोवरहरुलाई बिभिन्न संघ सस्ंथा र युवा कल्बहरुले सरसफाई गरि बिजुली, पण्डाल लगायतका व्यबस्था मिलाउन थालेको महाबीर युवा कमिटीका सदस्य गोविन्द भगतले बताए ।

भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दुध, माटोको हात्ति, ढकनी, चढाउने परम्परा रहेको छ । छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मर सम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ । तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात ‘सझुका अर्घ’ भनिन्छ ।

पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अघ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । विहानको उदाउँदो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अर्घ’ भनिन्छ । यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।

२०८० मंसिर २, शनिबार ०९:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय