जनकपुरधाम : आजभन्दा करीब ५१० वर्ष पहिले कपडा बुनेर जीविका चलाउने निर्धनको भुमिका गरिरहनु भएको कबीर साहेबले तीन दिनसम्म १८ लाख साधु सन्तहरूलाई मोहन भण्डारा खुवाएर तृप्त गर्नुभएको थियो। सतलोकबाट तयार भोजन प्रसाद ल्याएर काशीमा विशाल भण्डाराको धर्म यज्ञ गराउने अद्भुत लीलाको सम्झनामा सोहि दिनलाई दिव्य धर्म यज्ञ दिवसका रुपमा मनाउने गरिन्छ। यसै उपलक्ष्यमा सन्त रामपालजी महाराजको सान्निध्यमा सतलोक आश्रम धनुषामा यहि मङ्सिर १०, ११ र १२ गते “दिव्य धर्म यज्ञ” अर्थात् विशाल धर्म भण्डाराको आयोजना गरिएको छ जसमा दाइजो मुक्त सामुहिक विवाह, रक्तदान, आध्यात्मिक प्रदर्शनी र नि:शुल्क मन्त्रदीक्षा जस्ता कार्यक्रमहरु पनि हुँदैछन् । देश विदेश गरी जम्मा १० वटा सतलोक आश्रमहरुमा यस कार्यक्रमको आयोजना गरिएको छ।

तिन दिनसम्म भव्यरुपमा मनाइने यस कार्यक्रमको आज पहिलो दिन मधेश प्रदेश प्रमुख (राज्यपाल) माननीय हरिशंकर मिश्र ज्यू , माननीय संघीय सांसदहरु लक्ष्मी तिवारी र विन्दवासिनी कंसाकार ज्यु, भुतपुर्व स्वास्थ्यमन्त्री सुरेन्द्र प्रसाद यादव ज्यू , विभिन्न ठाउँका मेयर ज्यूहरु लगायत, प्रशासनिक , राजनैतिक एवं अन्य कर्मचारीहरुको पनि आगमन भएको थियो ।

मंसिर १० गते शुभारम्भ भएको यस कार्यक्रममा १२ गते सम्म शुद्ध घ्यूको लड्डु तथा जेरी प्रसादको रुपमा खुवाई प्रसाद लैजाने पनि व्यवस्था गरिएको छ । कार्यक्रमको पहिलो दिन नै करीब डेढ लाख भन्दा बढीको सहभागिता रहको थियो। आध्यात्मिक प्रदर्शनीमा कबीर साहेब तथा संत रामपालजी महाराजको जीवनको विशेष क्षणहरु तथा आध्यात्मिक ज्ञान लाई तस्वीर मार्फत चित्रण गरिएको थियो। यसमा संस्कृतका प्रकाण्ड विद्वानहरुबाट शास्त्र अनुकूल भक्ति विधीको प्रमाण समेत सम्झाइने व्यवस्था छ । समाजलाई विकृति मुक्त बनाई सदभक्ति बाट संसारलाई सुखी बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिने सन्त रामपालजी महाराजका अनुयायीहरुको भनाई छ।

२०८० मंसिर ११, सोमबार ११:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय