जनकपुरधाम : धनुषा जिल्लाको मिथिला न.पा.- २ मा स्थित सतलोक आश्रममा सन्त रामपालजी महाराजको सान्निध्यमा ५१० औं दिव्य धर्म यज्ञ दिवसको उपलक्ष्यमा यहि मंसिर १०,११ र १२ गते सम्मका लागि आयोजना गरिएको सन्त गरीबदासजी महाराजको अमरवाणीको अखण्ड पाठ, रक्तदान शिविर, विशाल भण्डारा तथा दाइजोमुक्त विवाह कार्यक्रम भव्यताका साथ भैरहेको छ। कार्यक्रमको दोस्रो दिन सोमबार मात्र १७ मिनेटमा एक दर्जन नव जोडीहरुको दाइजोमुक्त विवाह पनि गराइएको छ तथा ६० युनिट रक्तदान पनि अनुयायीहरुले गरेका छन् । विवाहमा बेहुला वा बेहुली कुनै पनि पक्षको एक रुपैयाँ पनि खर्च भएन र आउने सर्व आगन्तुकलाई आश्रम कै तर्फबाट भन्डाराको व्यवस्था गरिएको थियो। यस्ता विवाहले दाइजोमुक्त समाजको कडा सन्देश दिइरहेको र समाजबाट दाइजोरुपी राक्षस लाई सदाका लागि अन्त्य गर्न, आपसी सहयोग एवम् भाइचाराको स्थापना गरी स्वच्छ र विकृतिमुक्त समाज निर्माण गर्ने उद्देश्यले सन्त रामपालजी महाराजले यस्ता कार्यक्रमहरु गराउने गरेको जानकारी संस्थाका संयोजक भक्त रामकृपाल दास ज्यूले दिनुभएको छ।

कपडा बुनेर जीविका चलाउने निर्धन संत तथा भक्तको लीला गरिरहनु भएको कबीर साहेबले आजभन्दा करीब ५१० वर्ष पहिले विक्रम सवंत् १५७० कार्तिक महीनाको शुक्ल पक्ष चतुर्दशीको दिन स्वयं नै केशव बन्जारा (व्यापारी) को रुप बनाएर नौ लाख गोरुहरु माथी पाकेको तयार भोजन (प्रसाद) तथा कच्चा सामग्री सतलोकबाट लादेर धरतीमा ल्याउनु भएको थियो। सतलोकमै बनेका पूरी,जेरी,लड्डु,आदी विभिन्न पकवानहरु ल्याएर १८ लाख साधु सन्तहरूलाई काशीमा मोहन भण्डारा खुवाएर तृप्त गराउनुभएको थियो। तीन दिन सम्म सोही “दिव्य धर्म यज्ञ” को आयोजना गर्नुभएको थियो जुन कार्तिक महीनाको शुक्ल पक्ष चतुर्दशी देखि मंसिरको कृष्ण पक्ष प्रतिपदा सम्म तीन दिन चलेको थियो। सोही शुभ आयोजनको उपलक्ष्यमा नेपालमा एउटा र अन्य ९ वटा गरी १० वटा सतलोक आश्रमहरुमा २०८० मंसिर १०,११ र १२ गते (२०२३ नोभेम्बर २६,२७ र २८) तीन दिन सम्म “दिव्य धर्म यज्ञ दिवस” मनाईंदै छ । सतलोकबाट तयार भोजन प्रसाद ल्याएर काशीमा विशाल भण्डाराको धर्म यज्ञ गराउनु भएको अद्भुत लीलाको सम्झनामा दिव्य धर्म यज्ञ दिवस मनाउने गरिन्छ।

तिन दिनसम्म भव्यरुपमा मनाइने यस कार्यक्रमको पहिलो दिन मधेश प्रदेश प्रमुख (राज्यपाल) माननीय हरिशंकर मिश्र ज्यू , माननीय संघीय सांसदहरु लक्ष्मी तिवारी र विन्दवासिनी कंसाकार ज्यु, भुतपुर्व स्वास्थ्यमन्त्री सुरेन्द्र प्रसाद यादव ज्यू , विभिन्न ठाउँका मेयर ज्यूहरु लगायत, प्रशासनिक , राजनैतिक एवं अन्य कर्मचारीहरुको पनि आगमन भएको थियो भने दोस्रो दिन पनि मधेस प्रदेश सिँचाइ तथा खानेपानी मन्त्री माननीय शेख अब्दुल कलाम आजाद ज्यू, सशस्त्र प्रहरी बल नेपालका डिआईजी दिपेन्द्र साह ज्यू, नेपाल विद्युत प्राधिकरणका मधेश प्रदेश प्रमुख ज्यू लगायत राजनैतिक तथा प्रशासनिक विशेष व्यक्तित्वहरुको सहभागीता रह्यो। कार्यक्रममा नेपाल तथा नेपाल बाहिरका गरी दुई दिनमा करीब २ लाख भन्दा बढी संख्यामा श्रद्धालुहरुको उपस्थिति रहेको थियो। समाजबाट सर्व विकृतिहरु अन्त्य गरी धरतीलाई स्वर्ग बनाउने तथा सदभक्ति प्रदान गरी सबैलाई मोक्ष प्रदान गर्नु नै सन्त रामपालजी महाराजको मुख्य उद्देश्य रहेको कुरा संस्थाका अध्यक्ष कुमार डंगोल ज्यूले जनाउनु भएको छ। सधैं समाज सेवामा अगाडी रहने र रक्तदान कार्यक्रममा पनि उत्साहका साथ पालो कुरेर भएपनि रक्तादान गरेरै छोड्ने सेवा भावलाई देखेर नेपाल रेडक्रसका कर्मचारी ज्यूले सराहना गरेका छन् ।

मंसिर १० गते शुभारम्भ भएको यस कार्यक्रममा १२ गते सम्म शुद्ध घ्यूको लड्डु तथा जेरी प्रसादको रुपमा खुवाई प्रसाद लैजाने पनि व्यवस्था गरिएको छ । कार्यक्रममा आध्यात्मिक प्रदर्शनी पनि लगाइएको थियो जसमा कबीर साहेब तथा संत रामपालजी महाराजको जीवनको संघर्षहरु र कबीर साहेब द्वारा गरिएका दिव्य धर्म यज्ञका तस्वीर तथा आध्यात्मिक ज्ञान संबंधी चित्रण गरिएको थियो। यसमा संस्कृतका प्रकाण्ड विद्वानहरुबाट शास्त्र अनुकूल भक्ति विधीको प्रमाण समेत सम्झाइने व्यवस्था छ । समाजलाई विकृति मुक्त बनाई सदभक्ति बाट संसारलाई सुखी बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिने सन्त रामपालजी महाराजका अनुयायीहरुको भनाई छ।

 

२०८० मंसिर १२, मंगलवार ११:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय