गोविन्द महतो,
मुम्बई (भारत) : भारतकाे महाराष्ट्र प्रदेशका उप-मुख्यमन्त्री देबेन्द्र फडणवीसले नेपाली क्रिकेटकाे विकासमा आवश्यक सहयाेग गर्न तत्पर रहेकाे बताएका छन् ।

उप-मुख्यमन्त्री फडणवीसले नेपाली क्रीकेट टोलिलाई प्रशिक्षण तथा खेलमा थप उर्जा समेत प्रदान गर्ने तयार रहेको बताए ।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघकाे संयाेजनमा भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुकाे प्रतिनिधि मण्डलसँगकाे भेटमा उनले नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रशिक्षण, व्यवसायिक क्रिकेटमा अवसर गर्न आतुर रहेको बताए ।

`नेपाल क्रिकेट संघ (क्यान)ले उपयुक्त प्रस्ताव ल्याए क्रिकेटमा दुई पक्षीय सहयोगातम प्रतिस्पर्धा गर्न सकिन्छ´, उनले भने । नेपाली पत्रकारहरुले छलफलका क्रममा नेपाल भारत सम्बन्ध प्रगाढ रहेको र मिथिला महारष्ट्रको सम्बन्ध रामयण कालिन सम्बन्ध रहेकोले नेपालसंग थप मजबुत बनाउन तत्पर रहेको बताए ।

उनले भने ,” नेपालको तर्फबाट औपचारिक रूपमा प्रस्ताव आएमा हाम्रो महाराष्ट्र सरकारले मध्यस्थता गरेर मुंबई क्रिकेट एकेडेमी मार्फत नेपालको लागि आवश्यक सहयोग गर्नेछौं। नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रशिक्षण, व्यावसायिक रूपमा क्रिकेट खेल्ने अवसर, दुई पक्ष बीचको प्रतिस्पर्धा गराउन महारष्ट सरकार सहजीकरण गर्नेछ। नेपाली क्रिकेटलाई सहयोग गर्न चाहन्छौं ”

मुम्बई भ्रमणमा आएको नेपालका पत्रकारको टोलीसँग उप-मुख्यमंत्री देवेन्द्र फडणवीस ले मुम्बई इण्डियन्स टीम र नेपाली क्रिकेट टोलीसँगको म्याच गराउने विषयमा सहजीकरण समेत गर्ने बताए ।

फडणवीसले मुम्बईमा रहेका श्रमिक नेपालीहरुकाे अवस्था लगायतका विषयमा श्रम र व्यापार बिषयमा समेत उप-मुख्यमन्त्री फडणवीसले सकारात्मक रुपमा लिएकाे बताए । उनले नेपाल भारतको समबन्धलाई थप उचाइमा पुर्याउन तत्पर रहेको बताए ।

२०८० मंसिर १४, बिहीबार १९:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय