File photo/Nepalvani

महोत्तरी, २२ मङ्सिर । करिब एक महिनापछि सुर्खेतमा आयोजना हुने ३४ औं राष्ट्रिय भलिवल प्रतियोगिताका लागि महोतरी जिल्लाबाट खेलाडी छनौट भएका छन् । प्रतियोगितामा जिल्लाबाट सहभागी हुने खेलाडी छनौट गरिएको जिल्ला भलिवल सङ्घ महोत्तरीले जनाएको हो । यसपालि ३४ औं राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता आउने पुस २० गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुँदैछ ।

नेपाल भलिबल सङ्घको आयोजना र कणर्र्ाली प्रदेश भलिवल सङ्घको व्यवस्थापनमा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न हुने ३४ औं राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताका लागि बिहिबार महोतरीमा खेलाडी छनौट गरिएको हो । सो प्रतियोगिताका लागि मधेश प्रदेशबाट सहभागि हुनेहरुबीच प्रतिष्पर्धाका लागि महोत्तरीबाट खेलाडी छनौट गरिएको जिल्ला भलिवल सङ्घ महोत्तरीका अध्यक्ष रामकरण चौधरीले जानकारी दिनुभयो ।

जिल्लाबाट प्रदेश टिममा पर्न प्रतिष्पर्धाका लागि १२ जना छनौट भएका छन् । जसमा सर्वाधिक नौ जना भङ्गाहा नगरपालिकाका छन् । यिनमा पुनित राउत, नितेश सिंह, रामकुमार शर्मा, राम सिंह, वििलराम साह, धिरेन्द्र सिंह, पाण्डव चौधरी, सत्येन्द्र चौधरी र अमन चौधरी हुनुहुन्छ । यसैगरी गौशाला, बर्दिबास र औरही नगरपालिकाबाट यस छनौटमा एक/एक जना खेलाडी परेका छन् । जसमा क्रमशः सुरज सिंह, राजा राइन र विशाल यादव पर्नुभएको छ । यिबाहेक दुई जना वैकल्पिक छनौट भएका जिल्ला भलिवल सङ्घले जनाएको छ । यिनमा सुमन चौधरी र अभिनन्दन सिंहको नाम छ ।

प्रदेशका सबै जिल्लाबाट खेलाडी छनौट गरिएपछि प्रदेश टिमका लागि यही मङ्सिर २९ र ३० गते प्रतिष्पर्धा मधेश प्रदेश भलिवल सङ्घले गराउने छ ।

२०८० मंसिर २२, शुक्रबार १०:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय