जनकपुरधाम : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र नेपालका लागि ब्रिटिस राजदूत रोब फेन बीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्ताको क्रममा मधेश प्रदेशको विकास, गरिबी निवारण, संघीयताको अभ्यास लगायतका विषयमा दोहोरो छलफल भएको थियो । मधेश प्रदेश विकासको सुचाङ्कमा सबैभन्दा पछि परेको हुनाले विकास थप टेवा पु¥याउन दोहोरो छलफल भएको हो ।
यूके सरकारबाट मधेश प्रदेशमा ल्याउन सकिने र गर्न सकिने कार्यक्रम तथा अन्य समसामयिक विषयमा छलफल भएको सभामुख मण्डलका प्रमुख स्वकीय सचिव रमेश कुमार मण्डलले जानकारी दिए । भेटको क्रममा सहायक राजदूत पिपा वार्डको समेत सहभागिता थियो ।