फाईल फोटो/धनुष अज्ञ/ नेपालवाणी/सुरेन्द्र सिंह/जनकपुरधाम

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको दोश्रो दिन बुधबार जनकपुरधाममा फूलबारी लिला मनाइएको छ । बुधवार जानकी मन्दिर छेउकै विवाह मण्डपको फुलबारीमा भगवान राम, सीता र लक्ष्मण बिच फुलवारीमा भेटघाट गराइएको थियो ।

बालबालिकालाई राम, सीता र लक्ष्मणको स्वरुप बनाइ त्रेता युगमा भएको पहिलो राम र सीताको पहिलो भेट झै फूलबारी लिलामा गराइन्छ ।
राम र सीताबीच पहिलो पटक बगैंचामा भेटघाट भएको पौराणिक कथाका आधारमा फूलवारी लिला कार्यक्रम गर्ने प्रचलन छ । साधुसन्त र मिथिलानीहरुको गितगानका बिच बगैंचामा भगवान राम र जानकीको भेटघाटको दृश्य अत्यन्तै मनमोहक हुन्छ ।

ramjanaki_bibah_mahostsaw_2023_2080_janakpurdham2

सप्ताह व्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन नगर दर्शन र दोस्रो दिन फुलवारी लिला सम्पन्न भएको छ । आज बिहीबार तेश्रो दिन धनुषयज्ञ मनाइदै छ , चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौ दिन शुभविवाह अर्थात विवाहपञ्चमी र सातौ दिन राम कलेवा गरी विवाहपञ्चमी समापन हुने छ ।

२०८० मंसिर २८, बिहीबार १०:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय