जनकपुरधाम । जनकपुरधाममा आइतबार सीताराम विवाहपञ्चमीको उल्लास छ । जनकपुरधामको जानकी मन्दिरमा वैदिक परम्परा अनुसार भगवान राम र जानकीको विवाह गरिएको छ । आइतबार साँझदेखि जानकी मन्दिर प्रांगणमा बनाइएको मरवामा विवाह भएको थियो । विवाहको विधि परम्परा आइतबार रातभर चलेको थियो ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्यदिन आइतबार त्रेया युगमा भए जसतै राम र जानकीको विवाह गर्ने प्रचलन छ । आइतबार दिउँसो एतिहासिक रंगभूमि मैदान बाह्रविघामा राम र जानकीको स्वयम्बर गरिएको थियो ।
दिउँसो साधुशन्तको अगुवाइमा झाँकी किर्तण सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर भव्य रुपमा स्वयम्बर भएको हो ।
ढोल पिपही, सहनाई, बैण्ड बजा र पञ्चेबाजासहित निस्किने दुवै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ ।
डोला र स्वयम्बरको दर्शन गर्न जानकी मन्दिरदेखि बाह्रविघामैदानसम्म खचाखच दर्शनार्थीको भीड थियो । वयम्बरको बेला हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरिएको थियो ।

जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम र जानकीको विवाह सम्पन्न, आज राम कलेवा
स्वयम्बर पश्चात दुबै डोलालाई नगरपरिक्रमा गराई जानकी मन्दिरमा पुर्याएपछि आइतबार साँझदेखि विवाहको काज चलेको थियो ।
यस्तै एक सातासम्म चलेको विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा हुँदैछ । यति बेला जानकी मन्दिरमा राम कलेवाको तयारी हुँदै छ ।
रामकलेवामा जानकी मन्दिरमा विशेष भण्डारा (भोज) को आयोजना गरी विहेमा जन्तीको रूपमा आएका पाहुनाहरुलाई मिस्ठान भोजन गराइन्छ । भोजन पश्चात् आज साधु सन्त लाई दक्षिणा प्रदान गरी बिदा गर्ने परम्परा छ । आजै दिउसो जानकी मन्दिरमा वर पक्षलाई बेहुली पक्षले भोजन गराउने चलन समेत रहेको छ । विवाहपञ्चमी महोत्सव आज रामकलेवा भएसँगै सकिनेछ ।

खाद्यान्नबाट विशाल राम र सीताको आकृति
श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवमा जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा खाद्यान्नबाट भगवान् राम, सीताको स्वयंम्बरको ११ हजार ११ वर्गफिटको विशाल आकृति बनाइएको छ । भगवान् राम सितासँगै राजर्षि जनक तथा विश्वामित्रको पनि आकृति निर्माण गरिएको छ ।
खाद्यान्नबाट बनाइएको आकृतिको उचार्ई एक सय २१ फिट र चौडाई ९१ फिटको रहेको श्रीसीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक एवं जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभयो । आकृतिको निर्माणमा ११ प्रकारको खाद्यान्न गरेर एक सय दुई क्विन्टल प्रयोग भएको संयोजक महासेठले बताउनु भयो । यसमा चालन, गहुँ, भटमास, चना, मुम्फली, मुंग, रहरको दाल, मक्कै, रहरको दाल, मसुरोको दाल र काला उरिद प्रयोग गरिएको छ ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको छ । विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको सो प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि समेत खुल्ला गरिएको छ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको सीतारामको प्रतिमा । प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो। भारतको शतिस गुर्जरसँगै आएका ८ जना कलाकारले ५ दिन लगाएर प्रतिमा निर्माण गरेका छन् ।
यो प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाउनुभएका भारतको मध्यप्रदेशका सतिश गुर्जरले गर्नुभएको छ । कोरोना महामारीको समयदेखि अन्नको प्रतिमा निर्माण गर्न सुरु गर्नुभएका गुर्जरले नेपाल भारतको साझा संस्कृतिलाई प्रचारप्रसार गर्ने उद्देश्यले बिना पारिश्रमिक यो प्रतिमाको निर्माण गरेको बताउनुभयो । भारतीय कलाकारले निर्माण गरेको यो प्रतिमाले नेपाल भारतको साझा संस्कृतिलाई दर्शाएको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यूदूत देवीसहाय मिणाको भनाइ छ ।
पछिल्लो पटक भारतको अयोध्यमा अन्नबाटै प्रतिमा निर्माण गरेर विश्व रेकर्ड बनाउनुभएका सतिश गुर्जरकै टिमले आफ्नै रेकर्ड तोड्ने उद्देश्यले निर्माण गरिएको यो प्रतिमाले जनकपुरधामको पर्यटनलाई बढावा दिन मद्दत गर्ने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताउनुभयो ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको सीतारामको प्रतिमा । प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो। भारतको शतिस गुर्जरसँगै आएका ८ जना कलाकारले ५ दिन लगाएर प्रतिमा निर्माण गरेका छन् ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको सीतारामको प्रतिमा । प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो। भारतको शतिस गुर्जरसँगै आएका ८ जना कलाकारले ५ दिन लगाएर प्रतिमा निर्माण गरेका छन् ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको सीतारामको प्रतिमा । प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो। भारतको शतिस गुर्जरसँगै आएका ८ जना कलाकारले ५ दिन लगाएर प्रतिमा निर्माण गरेका छन् ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको सीतारामको प्रतिमा । प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो। भारतको शतिस गुर्जरसँगै आएका ८ जना कलाकारले ५ दिन लगाएर प्रतिमा निर्माण गरेका छन् ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको सीतारामको प्रतिमा । प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो। भारतको शतिस गुर्जरसँगै आएका ८ जना कलाकारले ५ दिन लगाएर प्रतिमा निर्माण गरेका छन् ।

२०८० पुष २, सोमबार १०:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय