नेपालवाणी / जनकपुरधाम

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रले महिलालाई आज एउटा न्यायधिशको पदमा पु¥याएको बताएका छन् । उनले न्यायको क्षेत्रमा युगान्तकारी परिवर्तन भएर महिलालाई आज एउटा न्यायधिशको पदमा पु¥याउन सफल भएको बताएका हुन् ।

‘समाजिक रुपान्तरण कालागि महिला नेतृत्व, न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता ः समाजिक रुपान्तरण सहित दिगो विकासमा निश्चितता’ मूल नाराका साथ मधेश प्रदेश स्तरीय महिलावादी महिला मञ्च २०८० ले आयोजना गरेको कार्यक्रममा सभामुख मण्डलले भने, ‘न्यायको न्यायधिश महिला हो । किनकी महिला विना संसार अधुरो छ । समाजलाई समृद्ध बनाउन विना विना सम्भव नभएकोले आजको परिवेशनमा महिला न्यायधिश हो ।’ हरेक स्थानीय तहमा ३३ प्रतिशतको आरक्षण, न्यायिक समितिको नेतृत्व महिलाले गर्नु, प्रदेश र प्रतिनिधिसभामा महिलाको आरक्षण हुनु उत्पिडन अन्त्य हुनुको उदाहरण रहेको मण्डलको भनाई थियो ।

महिला नेतृत्व र समानताका लागि शिक्षामा समानता र नेतृत्वमा न्याय जरुरी रहेको बताउँदै विना आन्दोलन राजनैतिक, समाजिक, आर्थिक र सांस्कृति रुपान्तरण सम्भव नरहेको सभामुख मण्डलको भनाई थियो । उनले भने, ‘महिला महिलाको लिडर मात्रै बन्ने होईन, वरु सम्पुर्ण राज्य व्यवस्थाको लिडर बन्न सक्नुपर्छ । त्यसपछि मात्र समग्र नेता बन्न सक्छ । अन्यथा महिलाको मात्रै लिडरमा मात्रै सिमिति हुन्छ ।’

‘एउटा नेतामा हुनुपर्ने समावेशीता, एकता र दुरदर्शिता लिडरको मुख्य भुमिकालाई लिएर हिडे मात्र नेता भईन्छ, अन्यथा महिलाको नेतामा मात्र सिमिति हुन्छ’ मण्डलले भने । उनले दिनको अस्तित्व रात विना र रातको अस्तित्व दिन विना हुन नसक्ने भएकोले महिला विना पुरुष र पुरुष विना महिलाको कुनै अस्तित्व छैन् । महिला वा पुरुषको निषेध गरेर समाजक बन्दैन् त्यसैले महिला र पुरुष मिलेर समाज रुपान्तरणको अभियानमा लाग्नुपर्छ ।

मधेश प्रदेश स्तरीय महिलावादी महिला मञ्च २०८० की अध्यक्ष श्यामा महतोको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख मण्डलले समाजलाई समृद्ध बनाउन महिलाको अनिवार्यता र पुरुषको सक्रियता आवश्यक भएको बताए । उनले भने, ‘संघीयत लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा संघीय समानता र न्यायको वकालत धेरैलाई मन नपरेकोले व्यवस्था विरोध भैरहेपनि हामीले त्यसलाई चिर्न जरुरी रहको बताए ।’

कार्यक्रममा प्रदेश सांसद, महिला मानव अधिकारकर्मी, प्रदेशका विभिन्न पालिकाका महिला मेयर तथा उपमेयर, वडाध्यक्ष, वडासदस्य सहित विद्यार्थीहरुको सहभागिता रहेको छ ।

२०८० पुष ८, आईतवार ०८:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय