अनिल कुमार साह
जनकपुरधाम / फाल्गुन ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले खेलकूदले देशव्यापी मात्र नभई नभई विश्वव्यापी मान, सम्मान बढाउने बताएका छन् । उनले शास्त्रले नभएर व्यक्तिगत र सामुहिक खेलकुदको माध्यमबाट विश्वको बिजेता बन्नसक्ने बताएका हुन् ।

जनकपुरधाम उप–महानगरपालिका ८ स्थित क्रिकेटको उदघाटन गर्दै सभामुख मण्डलले खेलकुद क्षेत्रको विकासले सामाजिक, समृद्धिको आधारशिला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस् नीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक रहेको बताए ।

उदघाटन समारोहमा मन्तव्य राख्दै सभामुख मण्डलले भने, ‘शास्त्रले हाईन, देशले खेलकुदका माध्यमद्वारा विश्वको बिजेता बन्नसक्छ । राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्छ । एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्नसक्छ । त्यसैले खेलकूदको आजको अपरिहार्य आवश्यकता छ ।’

स्वास्थ्य नै धन हो, तर धन स्वास्थ्य हाइन । एउटा मान्छेका लागि खेलको महत्वलाई बुझ्न सकिएन भने त्यो मानसिक रुपले वा शारिरीक रुपबाट अपांग बन्न पुग्ने सभामुख मण्डलको भनाई थियो ।

कार्यक्रममा सभामुख मण्डलले ब्याटिङ र जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोज कुमार साहले बलिङ्ग गरेर खेलको सुरुवात गरेका थिए । कार्यक्रम वडाध्यक्ष दिनेश सिंहको अध्यक्षतामा भएको थियो ।

२०८० फाल्गुन ५, शनिबार १५:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय