महाेत्तरी ।  सूर्याेदयकाे जिल्ला मानिने इलामका राजनीतिक दल र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिकाे संयुक्त टाेली इलाम भ्रमणकाे निम्ता बाड्दै महाेत्तरी आइपुगेको छ । हाेटल तथा पर्यटन व्यवसायी सङ्घ इलाम नेतृत्वकाे टाेली आज बुधबार बिहान महाेत्तरीकाे बर्दिबास आइपुगेको हो ।

निम्ता टाेलीले इलामका पर्यटकीय स्थलकाे परिचय दिदै ती स्थलकाे अवलाेकन गर्न महाेत्तरीबासीलाई अपिल गरेकाे छ । इलामेली टाेलीकाे स्वागतमा हाेटल तथा पर्यटन व्यवसायी सङ्घ महाेत्तरीले बर्दिबासचाेकमा आयोजना गरेकाे समाराेहमा इलाम मुलुककाे सुदुर पूर्वकाे पर्यटकीय जिल्ला भएकाे टाेली प्रतिनिधिले बताएका छन् ।

“हाम्राे जिल्ला सूर्याेदयकाे जिल्ला भनेर चिनिन्छ” टाेली नेता हाेटल तथा पर्यटन व्यवसायी सङ्घ इलामका अध्यक्ष देवीप्रसाद पाैडेलले भन्नुभयाे, “हामी तपाईंहरुलाई स्वागत गर्न पाउने अवसरका लागि निम्ता बाड्न आएका छाैं ।” इलाममा सन्दकपुर, अन्तुडाँडा, माईपाेखरी, इलाम चियाबारी, पाटेनागी, दिदीबहिनी झरना, भालुढुङ्गा, पशुपतिनगर, कन्याम र माङ्सेबुङ्गसहितका ठाउँ मुख्य पर्यटकीय स्थल रहेका पाैडेलले बताउनुभयाे ।

”हाम्राे माङ्सेबुङ्गकाे लुरुम्बा बस्ती किरात धर्म / सम्प्रदायकाे आस्थाको केन्द्र रहँदै आएको छ” टाेलीका सदस्य पुष्प व्यवसायी सङ्घ इलामका सदस्य रञ्जिता जिमी भन्नुहुन्छ, “सामान्त: मतुवाली मानिने किरात जाति बसाेबासकाे लुरुम्बा मद्यमांस र धुम्रपानरहित बस्ती हाे ।” करिब तीन हजार जनसङ्ख्याकाे बसाेबासकाे लुरुम्बा बाहिरबाट इलाम पुग्नेहरुकाे प्रमुख गन्तव्य रहँदै आएको जिमीकाे भनाइ छ ।

पूर्वी नेपालकाे काँकरभिठ्ठादेखि नै विभिन्न जिल्लाकाे भ्रमण गर्दै इलाम घुम्ने निम्ता बाड्दै अहिले वुटवलसम्म पुग्ने टाेलीकाे याेजना छ । आफूहरुको याे भ्रमणले इलाम र त्यहाँका पर्यटकीय स्थलबारे चासाे बढाउने उद्देश्य रहेकाे टाेली सदस्य पर्यटन प्रबर्द्धन समिति इलामका सदस्य दिनेश श्रेष्ठकाे भनाइ छ ।

टाेलीलाई स्वागत गर्दै हाेटल तथा पर्यटन व्यवसायी सङ्घ महाेत्तरीका अध्यक्ष गुञ्ज कार्कीले इलामेली टाेलीकाे भ्रमणले दुबै जिल्लाका विशेषता र परिचयबारे जानकारी साटासाट भएकाे बताउनुभयाे । याे क्रमले मुलुककाे पर्यटन प्रबर्द्धनमा सघाउ पुग्ने इलाम र महाेत्तरीका हाेटल तथा पर्यटन व्यवसायीकाे निष्कर्ष छ ।
टाेलीकाे स्वागत समाराेहमा महाेत्तरीका १० भन्दा बढी सामाजिक सङ्घसंस्थाका प्रतिनिधिकाे सहभागिता रह्याे ।

 

२०८० फाल्गुन १६, बुधबार १९:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय