काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेससहित दलहरूसँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउन तयार भएका छन् ।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित नेताहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले नयाँ ढंगबाट छलफल गरेर अघि बढ्न प्रस्ताव गरेका थिए ।

सोमबार विहान एमाले, माओवादी केन्द्र र रास्वपाले छुट्टा(छुट्टै छलफलपछि नयाँ गठबन्धन बन्ने निश्चित भएको हो । नेताहरूले आजै नयाँ सरकार गठन हुने र सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने जनाएका छन् ।

एमाले सचिवालय बैठकपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘आजै सरकार परितर्वन र नयाँ मन्त्रिपरिषद् बन्दैछ । सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ,’ उनले लेखेका छन् ।

अलगअलग बैठकपछि अहिले एमाले र माओवादी केन्द्रका नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् ।

२०८० फाल्गुन २१, सोमबार १२:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय