काठमाडौं- मधेश केन्द्रित दलका नेताहरू बूढानीलकण्ठ पुगेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन् ।

नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधूप बढाएका देउवासँग भेटेर उनीहरूले छलफल गरिरहेका हुन् ।

देउवा निवास बूढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलगायत नेताहरू छलफलमा छन् ।

बैठकमा कांग्रेसका नेताहरू डा. शेखर कोइराला र गगन थापा, रमेश लेखक पनि सहभागी छन् ।

२०८० फाल्गुन २३, बुधबार १९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय