गोविन्द महतो / जनकपुरधाम

मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छिन् । आईतवार मध्यान्ह जनकपुरधाम आइपुगेकी प्रदेश प्रमुख भण्डारीले प्रदेश सरकारको मधेश भवन पुगेर पदभार सम्हालेकी हुन् ।

पदभार ग्रहण गर्दै प्रमुख भण्डारीले यहाँको सरकारसँग मिलेर अघि बढ्ने बताईन् । उनले अब शान्ति र अमनचयनका लागि काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउँदै सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताईन् ।

पदभार ग्रहने गर्ने क्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदेश प्रमुख भण्डारीलाई बधाई तथा शुभकामना दिएका थिए ।

शुभकामना दिदै सभामुख मण्डलले फूल तथा दोसल्ला ओढाएर सम्मान गर्दै प्रदेश प्रमुखको जिम्मेवारी र दायित्वलाई सम्मानका साथ लिएर अघि बढ्ने शुभकामना दिए ।

पदभार ग्रहण गर्दै भण्डारीले सञ्चारकर्मीसंग भनिन, ‘जानकीको नगरीमा आएर हर्षविभोर भएको छु । म एक जना छोरी आमाको काँखमा आएको अनुभुति गरिरहेकी छु ।’

उनले प्रदेश प्रमुखको भुमिका निर्वाह गर्दै सबैको समन्वयन, सद्भावका साथै संविधान र कानूनको सिमा भित्र रही सबैको सकारात्मक भुमिकाको अपेक्षा सहित आएको बताईन् । प्रदेशको समृद्धि र विकासको लागि आफु सदैव साथ र अडिग रहने बताईन् ।

२०८० चैत्र ५, सोमबार १४:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय