बर्दिबास, १० चैत ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिब जगन्नाथ खतिवडाले अहिलेको सत्तागठबन्धन फेरि बद्लनसक्ने बताउनु भएको छ । आज महोत्तरीको बर्दिबासमा समाजवादी पे्रस सङ्गठन नेपाल, महोत्तरीको प्रथम जिल्ला अधिवेशनमा उद्घाटन मन्तव्य दिनुहुँदै खतिवडाले यो मुख्य भनिने ठूला दलको अस्थिरताले भएको स्पष्ट पार्नुभयो ।

“यसमा जनताले सरकार स्थायी भएन भनेर चित्त कुड्याउने ठाउँ छैन, जनादेश नै त्यस्तै छ”खतिवडाले भन्नुभयो, “संसद (प्रतिनिधिसभा) भित्रको गणितले हुने खेल त्यसभित्रका घटना वा घटकहरुको बुझाइले दोहोरी रहन सक्छ ।” संसदभित्र आफ्नो दल निणर्ायक नभइ सहयोगीमात्र भएको हुँदा आफ्नातर्फबाट सरकार अस्थिर बनाउने खेल नहुने उहाँले स्पष्ट पार्नुभयो ।

“दलहरुबीच सरकार गठन र सञ्चालनबारे साझा अवधारणा त बनेको छ, तर यो पहिलो पटक होइन, गठबन्धन सरकार बनाउँदा यो हुँदै आएको र विग्रह पनि देखिदै आइएको छ”खतिवडा भन्नुहुन्छ, “अबचाहिँ यो पूरा कार्यकाल चल्छ भन्ने हाम्रो दलले सुनिश्चितता लिन सक्दैन, तर हामी सहमती तोड्नतिर लाग्दैनौ ।” सहमतीको पालना अन्य दलबाट नहुँदा आपूmहरु कुनैपनि निणर्य लिन स्वतन्त्र रहेको उहाँले स्पष्ट पार्नुभयो ।

खतिवडाले आफ्ना पक्षधर पत्रकारलाई निर्भिक भएर भ्रष्टाचारविरुद्ध सुशासन प्रबद्र्धनका पक्षमा कलम चलाउन अपिल गर्नुभयो । समाजवादी प्रेस सङ्गठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, महासचिब रामकुमार एलन, मधेश अध्यक्ष प्रवीण साहसहितले आपूmहरु सङ्गठन विस्तारको अभियानमा लागेको उल्लेख गर्नुभयो । सङ्गठनका जिल्ला अध्यक्ष सर्मिला घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपा पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बराल र एमाले नेता शङ्कर महतोसहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

२०८० चैत्र ११, आईतवार १०:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय