जनकपुरधाम : जनकपुरधाममा एउटा यस्तो महोत्सव हुन्छ, जहाँ महामुर्ख बन्न तछाडम छाड हुन्छन् । जो सबैको सामुन्ने विना कुनै संकोच भन्न र स्विकार गर्छन, कि म ‘महामुर्ख’ हु ।
जनकपुरधाममा हुने एउटा सम्मेलन, जहाँ सबैभन्दा ठुलो मुर्ख अर्थात (महामुर्ख) को उपाधि लिन तछाड-मछाड हुन्छ । त्यो महामुर्खको उपाधिलिन सामान्य व्यक्ति मात्र नभई समाजमा ‘विद्वान’ कहलिएका राजनीतिकज्ञ, बुद्धिजीवि, लेखक, साहित्यकार, कलाकार, पत्रकार नेताहरुबीच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा उत्रिने मध्ये एकजनाले ‘महामुर्ख’को उपाधि पाउँछन् । भने अन्य प्रतिस्पर्धीहरु विभिन्न शीर्षकमा ‘मुर्ख’ को उपाधि पाउँछन् ।
यसै बीच महामुर्ख सम्मेलन २०८० मा मधेश प्रदेशका सभामुख ‘महामुर्ख’ भएका छन् । जनकपुरधाम स्थित मिथिला नाट्यकला परिषद्ले (मिनाप) प्रत्येक वर्ष आयोजना गर्ने व्यङग्यात्मक सांस्कृतिक कार्यक्रम महामुर्ख सम्मेलनमा सभामुख मण्डल सहित १३ जनालाई अन्य उपाधि प्रदान गरिएको छ ।
को को मुर्ख, अनि के उपाधी,
मैथिली तथा भोजपुरी भाषा साहित्यमा रुचि राख्ने सभामुख मण्डललाई यस वर्षको महामुर्खको उपाधिबाट सम्मान गरिएको छ । मधेशका अर्थ मन्त्रालयका सचिव शिवाचन्द्र शिवाकोटीलाई पटमुर्खको उपाधि र मुर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेम विदेह ललनलाई प्रदान गरिएको छ ।
त्यसैगरि सदाबहार मुर्खको उपाधि प्राध्यानाध्यापक महाविर दास, बैशाखानन्दनको उपाधि अभियानी दिनेश पुर्वे, साहित्यकार नित्यानन्द मण्डललाई खेसारीलाल, दाता परिवार शुभाषचन्द्र साहलाई स्थाई मुर्ख, ग्रामिन परवाहा स्थित युवा नाट्य परिषदलाई र्निविकल्प मुर्ख र महोतरी पिपरा नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेलाई दिलतोरियाको उपाधि प्रदान गरिएको छ ।
यसका आलावा हरिप्रियाको उपाधि मिथिला चित्रकार सुधिरा कणर्, लोहाशंकरको उपाधि क्रिकेटर हरिशंकर साह, बुरिराजको उपाधि योगगुरु विमल पण्डित, बज्रकिटको उपाधि योगेन्द्र पण्डित र सोटाचन्दको उपाधि अनिकेत अग्रवाललाई प्रदान गरिएको छ । मैथिली भाषा, साहित्य, कला, गित संगीत र नाटय क्षेत्रमा काम गर्दै आएको मिनापले २८ वर्ष देखि होरी महोत्सव र महामुर्ख सम्मेलन गरि होलीमा दुई दिवसीय कार्यक्रम गर्दै आएको छ ।
हाल सम्मको-काभए ‘महामुर्ख’
२०६१ सालबाट हुदै आएको महामूर्ख सम्मेलनमा पहिलो महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२ मा एमाले नेता शीतल झा, २०६३ मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरि बहादुर बिसी, २०६४ मा सद्भावना नेता ओमकुमार झा, २०६५ मा बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री एवं नेकपाका नेता रामचन्द्र झा भएको थिए । २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९ मा नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादव, २०७० मा तमलोपाका पूर्व सभासद डा. विजय कुमार सिंह र २०७१ मा एमाले नेता एवं सांसद शत्रुधन महतो लाई प्रदान गरिएको थियो । यसैगरी २०७२ सालमा स्मशान घाट (स्वर्गद्वारी) बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामुर्खको उपाधी प्रदान गरिएको थियो भने २०७३ सालमा मधेश आन्दोलनको क्रममा कार्यक्रम स्थगित गरिएको थियो । गत वर्ष अर्थात २०७४ सालमा राष्ट्रियसभा सदस्य एवं राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाल, २०७५ सालमा जनकपुरधाम उप-महानगरपालिकाका मेयर लालकिशोर साह र २०७६ सालमा प्रदेश २ का मुख्यमन्त्रीमो. लालबाबु राउत गद्दीलाई महामुर्खको उपाधि प्रदान गरिएको थियो । २०७७ सालमा महजोडि हरिवंश तथा मदनकृष्ण श्रेष्ठ, २०७८ मा प्रा.डा. तथा नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, २०७९ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र यस वर्षमा मधेशका सभामुख रामचन्द्र मण्डललाई महामुर्ख घोषित गििरएको छ ।